एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक आज पनि अवरुद्ध  « Khabarhub

एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक आज पनि अवरुद्ध 


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशसभा प्रतिपक्षीदल नेकपा(एमाले)ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै बुधबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

बुधबार बसेको बैठकको सुरुमै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले आफूहरुले उठाएको मागमा सरकारले कुनै जवाफ नदिएको र मन्त्री थापाको विषयमा पनि कुनै निर्णय नभएकाले बैठकको कामकारवाही अघि बढ्न नसक्ने बताएका थिए ।

उनले थापामाथि नैतिक पतन जस्तो गम्भीर मुद्दा प्रमाणित भइसकेको बताउँदै जेठ ३० गतेसम्म सदनमा आउन नदिने प्रस्ताव आफूहरुले स्वीकार गरे पनि लिखित सहमति सरकारले गर्न नचाहेको आरोप लगाए ।

उनले सरकारले जेठ २४ गते सभामुखको पहलमा बसेको सर्वदलीय वैठकमा राखेको प्रस्ताव एमालेले स्वीकार गरे पनि त्यसबाट सरकार भागेको उल्लेख गरे । त्यस्तै उनले सदनबाट बजेट ल्याउने कर्णाली सरकारको नियत नदेखिएको टिप्पणी पनि गरे । सबै दोष एमालेलाई देखाएर सरकारले अध्यादेशमार्फत बजेट ल्याउन खोजेको उनको आरोप छ ।

दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले उठेर विरोध जनाएपछि बुधबार पनि बैठक स्थगित भएको हो ।

यसअघि सोमबार र मंगलबार पनि प्रदेशसभाको बैठक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १० : ०१ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको