स्थानीय तहमा पठाएको अनुदानको योजनालाई सच्याउने मुख्यमन्त्री राउतको प्रतिबद्धता « Khabarhub

स्थानीय तहमा पठाएको अनुदानको योजनालाई सच्याउने मुख्यमन्त्री राउतको प्रतिबद्धता


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहमा पठाएको सशर्त अनुदानको योजनालाई सच्याइने प्रतिवद्धता जनाएका छन् ।

बुधबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सशर्त अनुदानको योजनामा कुनै त्रुटि भए सच्चाउने बताएका हुन् । यसअघि प्रदेशसभा सदस्यहरूसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै मंगलबार विपक्षी दलहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए ।

मुख्यमन्त्री राउतले प्रदेशसभा सदस्यहरूले दिएको सुझाव र योजना सिफारिसलाई ध्यान दिइने जिकिर गरे । प्रदेशसभा सदस्यहरूले दिएको योजना अनुसार नै धेरै ठाउँमा गएको र केही ठाउँमा त्रुटी भएको उनले स्वीकार गरे । त्यस्तै उहन विनियोजन विधेयक वा अन्य विधेयक आएपछि गम्भीरतापूर्वक पढेर पारित गर्न आग्रह गरे ।

मुख्यमन्त्री राउतले प्रतिवद्धता जनाएपछि बुधबार प्रदेशसभा बैठक सञ्चालन भएको थियो । बैठकमा प्रि–बजेटको छलफल भएको छ । प्रदेश सरकारले बिहीबार नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ६ : ०१ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको