१ हजार ६८७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

१ हजार ६८७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६८७ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ३१२ कोरोना संक्रमितको आईसीयूमा र ३७५ को भेन्टिलेटरमा गरी कुल १ हजार ६८७ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २०२ जना आईसीयूमा र ४९ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ६७ आईसीयूमा र १८ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ७२४ जना आईसीयूमा र २४७ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ११४ जना आईसीयूमा र २७ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १३८ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा, कर्णालीमा ३७ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३० जना आईसीयू र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ९ : ४५ बजे

बागमती प्रदेशले माग्यो २४८ जना विद्यालय नर्स

काठमाडौं– बागमती प्रदेशले २४८ जना विद्यालय नर्सका लागि आवेदन माग

कोलकातामा ठड्याइएको मेस्सीको ७० फिट अग्लो मूर्ति हटाइँदै

कोलकाता- भारतको पश्चिमबंगाल राज्यस्थित कोलकातामा निर्माण गरिएको लियोनेल मेस्सीको ७०

नसर्ने रोग स्क्रिनिङ अभियानअन्तर्गत चार लाख १६ हजार बढिको स्वास्थ्य परीक्षण

काठमाडौं– सरकारले नसर्ने रोग नियन्त्रण, क्यान्सर परीक्षण तथा विशिष्टीकृत स्वास्थ्य

२४ घण्टामा विपदका ४७ घटना, ३ जनाको मृत्यु,  ७ घाइते

काठमाडौं– देशका विभिन्न स्थानमा विगत २४ घण्टामा भएका विपद्का घटनामा

गजुरेलको डेब्यू नाटक ‘महाभारत’ आजबाट

काठमाडौं – हाँस्य कलाकार मनोज गजुरेलको डेब्यू नायक ‘महाभारत’ बिहीबारदेखि