प्रदेश २ सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने | Khabarhub Khabarhub

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत हुने भएको छ ।

सभामुख सरोजकुमार यादवले आज प्रदेशसभा बैठकमा सो जानकारी दिएका हुन् । प्रदेश प्रमुख डा राजेश ‘अहिराज’ले दिउँसो २ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

यसैबीच मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहको सशर्त अनुदान योजना सन्दर्भमा उत्पन्न समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि हिजोदेखि अवरूद्ध प्रदेशसभा बैठक आज पुनः सञ्चालन भएको छ ।

सशर्त अनुदान योजनामा प्रदेशसभा सदस्यले पेश गरेको योजना नसमेटिएको, स्वेच्छाचारी प्रवृत्ति देखिएको भन्दै विपक्षी दल नेकपा(एमाले) नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले बैठक अवरूद्ध गरेका थिए ।

आजको बैठकमा मुख्यमन्त्री राउतले स्थानीय तहको सशर्त अनुदानको योजना सच्याउने प्रतिबद्धता व्यक्त गर्दै सोका लागि कानूनमन्त्रीलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १० : ३० बजे

स्याउ उत्पादक किसानलाई सडक बाधक

काँक्रेविहार– कर्णालीका हिमाली जिल्लामा स्याउ पर्याप्त मात्रामा उत्पादन हुन्छ ।

सीमा क्षेत्रमा सशस्त्रकै कर्मचारीको बदमासीले हैरान हलचोक, हटलाइन नम्बरमा माग्न थाल्यो सूचना

काठमाडौँ- खासगरी भारतीय सीमा क्षेत्रबाट चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल

भारतीय र नेपाली मेकर मिलेर फिल्म ‘मोना लिसा’ बनाउने

काठमाडौं – भारतीय र नेपाली मेकरहरु मिलेर फिल्म ‘मोना लिसा

नायक विजय बरालाई पुत्री लाभ

काठमाडौं – नायक विजय बरालको दम्पतीलाई दोस्रो सन्तानको रुपमा पुत्री

चार दिनदेखि भादगाउँ–खिरखादी खानेपानी अवरुद्व

तनहुँ– व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध