विवाहको मिति पर्खदै यी अभिनेत्री « Khabarhub

विवाहको मिति पर्खदै यी अभिनेत्री


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडमा यस्ता कैयौं अभिनेत्रीहरु छन्, जसले फिल्ममा धेरै विवाह गरेका छन् । तर वास्तविक जीवनमा भने उनीहरु विवाहको नाम सुन्नासाथ टाढा भाग्छन् ।

अभिनेत्री कंगना रनावत उमेरले ३३ वर्ष पुगिसकिन् । उनी अहिले पनि अविवाहित नै छिन् । कंगनाले फिल्म ‘तनु वेड्स मनु’ र ‘मणिकर्णिका’जस्ता फिल्ममा विवाह गरेकी छन् । तर वास्तविक जीवनमा कहिले विवाह गर्छिन् भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन ।

अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूरको अफेयर नयाँ कुरा होइन् । उनीहरु चाँडै नै विवाह गर्ने तयारीमा रहेको समाचार कैयौं पटक आए पनि अहिलेसम्म अविवाहित नै छन् । आलियाले फिल्ममा कैयौंपटक विवाह गरिसकेकी छन् । तर वास्तविक जीवनमा प्रेमी रणवीरसँग विवाह गर्ने योजनाले मूर्त रुप लिन सकेको छैन ।

अभिनेत्री कियारा आडवाणी अभिनेता सुशान्तसिंह राजपूतको फिल्म ‘एमएस धोनी द अनटोल्ड स्टोरी’मा दुलही बनिसकेकी छन् । यसबाहेक उनले फिल्म ‘लस्ट स्टोरी’मा अभिनेता विक्की कौशलको श्रीमतिको भूमिकामा देखिइसकेकी छन् । वास्तविक जीवनमा भने उनी अविवाहित नै छिन् ।

अभिनेत्री कृति सेनन अविवाहित अभिनेत्री हुन् । उनले फिल्म ‘पानीपत’मा अभिनेता अर्जुन कपूरसँग विवाह गरेकी छन् ।

अभिनेत्री जाह्नवी कपूरले ‘डेब्यू’ फिल्म ‘धड्क’ मै विवाह गरेकी छन् । वास्तविक जीवनमा भने जाह्नवीलाई बेहुलीको रुपमा हेर्नका लागि दर्शकले अझैं लामो समय पर्खनुपर्ने हुन्छ ।

अभिनेत्री सोनाक्षी सिन्हाले पनि ‘डेब्यू’ फिल्म ‘दबंग’मा अभिनेता सलमान खानसँग विवाह गरेकी छन् । तर वास्तविक जीवनमा पनि उनी चाँडै विवाह गर्ने योजनामा छिन् ।

अभिनेत्री भूमि पेडनेकरलाई दर्शकले फिल्म ‘पति पत्नी और वो’ र ‘पेडमेन’मा विवाह गरेकी छन् । वास्तविक जीवनमा उनी अविवाहित नै छिन् ।

अभिनेत्री तापसी पन्नुले फिल्म ‘थप्पड’मा विवाहित महिलाको भूमिका निभाउकी छन् । तर वास्तविक जीवनमा उनले विवाहको लड्डु चाखेकी छैनन् ।

हालका दिनमा अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशलको नाम मिडियामा निकै आउने गरेको छ । फिल्ममा कैयौं पटक दुलहीको चरित्र निभाइसकेकी कटरीनाले वास्तविक जीवनमा भने दुलही बन्ने अवसर पाएकी छैनन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  २ : १० बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक