विवाहको मिति पर्खदै यी अभिनेत्री | Khabarhub Khabarhub

विवाहको मिति पर्खदै यी अभिनेत्री


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडमा यस्ता कैयौं अभिनेत्रीहरु छन्, जसले फिल्ममा धेरै विवाह गरेका छन् । तर वास्तविक जीवनमा भने उनीहरु विवाहको नाम सुन्नासाथ टाढा भाग्छन् ।

अभिनेत्री कंगना रनावत उमेरले ३३ वर्ष पुगिसकिन् । उनी अहिले पनि अविवाहित नै छिन् । कंगनाले फिल्म ‘तनु वेड्स मनु’ र ‘मणिकर्णिका’जस्ता फिल्ममा विवाह गरेकी छन् । तर वास्तविक जीवनमा कहिले विवाह गर्छिन् भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन ।

अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूरको अफेयर नयाँ कुरा होइन् । उनीहरु चाँडै नै विवाह गर्ने तयारीमा रहेको समाचार कैयौं पटक आए पनि अहिलेसम्म अविवाहित नै छन् । आलियाले फिल्ममा कैयौंपटक विवाह गरिसकेकी छन् । तर वास्तविक जीवनमा प्रेमी रणवीरसँग विवाह गर्ने योजनाले मूर्त रुप लिन सकेको छैन ।

अभिनेत्री कियारा आडवाणी अभिनेता सुशान्तसिंह राजपूतको फिल्म ‘एमएस धोनी द अनटोल्ड स्टोरी’मा दुलही बनिसकेकी छन् । यसबाहेक उनले फिल्म ‘लस्ट स्टोरी’मा अभिनेता विक्की कौशलको श्रीमतिको भूमिकामा देखिइसकेकी छन् । वास्तविक जीवनमा भने उनी अविवाहित नै छिन् ।

अभिनेत्री कृति सेनन अविवाहित अभिनेत्री हुन् । उनले फिल्म ‘पानीपत’मा अभिनेता अर्जुन कपूरसँग विवाह गरेकी छन् ।

अभिनेत्री जाह्नवी कपूरले ‘डेब्यू’ फिल्म ‘धड्क’ मै विवाह गरेकी छन् । वास्तविक जीवनमा भने जाह्नवीलाई बेहुलीको रुपमा हेर्नका लागि दर्शकले अझैं लामो समय पर्खनुपर्ने हुन्छ ।

अभिनेत्री सोनाक्षी सिन्हाले पनि ‘डेब्यू’ फिल्म ‘दबंग’मा अभिनेता सलमान खानसँग विवाह गरेकी छन् । तर वास्तविक जीवनमा पनि उनी चाँडै विवाह गर्ने योजनामा छिन् ।

अभिनेत्री भूमि पेडनेकरलाई दर्शकले फिल्म ‘पति पत्नी और वो’ र ‘पेडमेन’मा विवाह गरेकी छन् । वास्तविक जीवनमा उनी अविवाहित नै छिन् ।

अभिनेत्री तापसी पन्नुले फिल्म ‘थप्पड’मा विवाहित महिलाको भूमिका निभाउकी छन् । तर वास्तविक जीवनमा उनले विवाहको लड्डु चाखेकी छैनन् ।

हालका दिनमा अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशलको नाम मिडियामा निकै आउने गरेको छ । फिल्ममा कैयौं पटक दुलहीको चरित्र निभाइसकेकी कटरीनाले वास्तविक जीवनमा भने दुलही बन्ने अवसर पाएकी छैनन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  २ : १० बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं