‘बिग बोस’ प्रतिष्पर्धी मूस भन्छिन्–युवतीसँग विवाह गर्न चाहन्छु « Khabarhub

‘बिग बोस’ प्रतिष्पर्धी मूस भन्छिन्–युवतीसँग विवाह गर्न चाहन्छु


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– ‘बिग बोस’ ओटीटीको एक धमाकेदार प्रस्तुति भइसकेको छ । कलर्स टेलिभिजनमा प्रसारण हुने यो टेलिभिजन शो यसपटक ओटीटी प्लेटफर्मबाट प्रसारण भयो । ‘बिग बोस १५’को यो नयाँ रुपमा प्रख्यात सामाजिक सञ्जार स्टार मूस जटानाले पनि सहभागिता जनाइन् ।

यो टेलिभिजन शोका दर्शकले वूटमा २४ घण्टा लाइभ फीडमा पनि हेर्न सक्छन् । यो शोमा मूसले अहिले एउटा यस्तो कुरा बताएकी छन्, जुन कुराले जोकोही चकित भएका छन् । मूसले शोको सहप्रतिष्पर्धी प्रतीक सेहजपालसँग कुराकानी गर्दै आफू समलिंगी भएको खुलासा गरेकी छन् ।

‘मलाई केटा मनपर्छ । तर विवाह एक युवतीसँग गर्न चाहन्छु । म केटाहरुसँग बढी घनिष्ठता महशुस गर्छु । तर एक युवतीसँगको सम्बन्ध मेरा लागि बढी महत्वपूर्ण हुन्छ । कोही युवतीसँग मेरो घनिष्ठता बढ्यो भने म उसँगै विवाह गर्न चाहन्छु,’ उनले भनेकी छन् ।

मूस इन्स्टाग्राम र टिकटक दुनियाँमा चिनिएको अनुहार हो । उनी सामाजिक र राजनीतिक मुद्धामा बोल्ड शैलीमा आफ्नो विचार राख्छिन् । मूस शोमा आफ्नो यूनिक पहिरन शैलीका कारण चर्चामा छिन् ।

शोमा उनले प्रख्यात कोरियोग्राफर निशान्त भट्टलाई आफ्नो कनेक्सन छनोट गरेकी छन् । ‘बिग बोस’को घरमा प्रवेश गरेपछि उनको पहिलो झगडा भोजपुरी अभिनेत्री अक्षरा सिंहसँग भएको थियो । जहाँ मूसले अक्षराको व्यावसायिक जीवनको खिल्ली उडाएकी थिइन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ४ : ५५ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक