गर्भावस्थामा कोरोना संक्रमित थिइन् नेहा | Khabarhub Khabarhub

गर्भावस्थामा कोरोना संक्रमित थिइन् नेहा


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री नेहा धुपिया दोस्रोपटक आमा बन्दैछिन् । उनले गत महिना सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको सार्वजनिक गरेकी थिइन् ।

नेहाले आफू गर्भवती भएको समयमा कोरोना संक्रमित भएको खुलासा गरेकी छन् । नेहालाई कोरोना संक्रमण देखिँदा उनी २४ दिनको गर्भवती थिइन् ।

नेहा र अभिनेता अंगद बेदीले सन् २०१८मा विवाह गरेका थिए । दुवैले गुपचुप विवाह गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत विवाहको तस्वीर सार्वजनिक गरेका थिए । विवाहको केही महिनामै नेहाले छोरा मेहरलाई जन्म दिएकी थिइन् ।

नेहाका अनुसार पति अंगदलाई कोरोना पोजेटिभ भएपछि उनलाई पनि कोरोनाको केही लक्षण देखिएको थियो । ‘म धेरै डराइनँ । म आफूलाई टाढा राख्नुथियो र आइसोलेट हुनु थियो । यो समय अंगद, मेहर र मेरा कर्मचारीका लागि निकै तनावग्रस्त बन्यो । त्यो समयमा म केवल २४ दिनको गर्भवती थिएँ । मलाई मेहरका साथ आइसोलेट हुनु थियो । मलाई कोभिड हुँदा दिल्लीमा कोभिडको केस लगातार बढिरहेको थियो’, उनले भनेकी छन् ।

नेहाका अनुसार आफूलाई कोभिड हुँदा उनी निरन्तर मास्क लगाइरहन्थिइन् । उनी मेहरबाट टाढा रहनका लागि भुइँमा सुत्थिइन् । गर्भवती भएकै कारण उनले एकै पोजिसनमा सुत्नु पथ्र्यो । उनलाई मेहरले खाटमा आएर सुत्न आग्रह गरे पनि उनी छोरालाई सम्झाउथिइन् ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १ : १५ बजे

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज

काठमाडौं – अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

कञ्चनपुर– कञ्चनपुरको लालझाँडी गाउँपालिका– ३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक

नेपाल प्रहरीलाई अमेरिकी सहयोग

काठमाडौं– अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी