गर्भावस्थामा कोरोना संक्रमित थिइन् नेहा « Khabarhub

गर्भावस्थामा कोरोना संक्रमित थिइन् नेहा


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री नेहा धुपिया दोस्रोपटक आमा बन्दैछिन् । उनले गत महिना सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको सार्वजनिक गरेकी थिइन् ।

नेहाले आफू गर्भवती भएको समयमा कोरोना संक्रमित भएको खुलासा गरेकी छन् । नेहालाई कोरोना संक्रमण देखिँदा उनी २४ दिनको गर्भवती थिइन् ।

नेहा र अभिनेता अंगद बेदीले सन् २०१८मा विवाह गरेका थिए । दुवैले गुपचुप विवाह गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत विवाहको तस्वीर सार्वजनिक गरेका थिए । विवाहको केही महिनामै नेहाले छोरा मेहरलाई जन्म दिएकी थिइन् ।

नेहाका अनुसार पति अंगदलाई कोरोना पोजेटिभ भएपछि उनलाई पनि कोरोनाको केही लक्षण देखिएको थियो । ‘म धेरै डराइनँ । म आफूलाई टाढा राख्नुथियो र आइसोलेट हुनु थियो । यो समय अंगद, मेहर र मेरा कर्मचारीका लागि निकै तनावग्रस्त बन्यो । त्यो समयमा म केवल २४ दिनको गर्भवती थिएँ । मलाई मेहरका साथ आइसोलेट हुनु थियो । मलाई कोभिड हुँदा दिल्लीमा कोभिडको केस लगातार बढिरहेको थियो’, उनले भनेकी छन् ।

नेहाका अनुसार आफूलाई कोभिड हुँदा उनी निरन्तर मास्क लगाइरहन्थिइन् । उनी मेहरबाट टाढा रहनका लागि भुइँमा सुत्थिइन् । गर्भवती भएकै कारण उनले एकै पोजिसनमा सुत्नु पथ्र्यो । उनलाई मेहरले खाटमा आएर सुत्न आग्रह गरे पनि उनी छोरालाई सम्झाउथिइन् ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १ : १५ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान