२० वर्षपछि एकै फिल्ममा माधुरी र रेखा « Khabarhub

२० वर्षपछि एकै फिल्ममा माधुरी र रेखा


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडका प्रख्यात निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीले हालैमात्र बलिउडमा २५ वर्ष पुरा गरेका छन् । विगत दुई दशक यता भन्सालीले बलिउडमा निकै राम्रा फिल्म दिएका छन् ।

यी निर्देशक यतिबेला फिल्म ‘हीरामण्डी’को प्रोजेक्टमा छन् । जुन फिल्ममा बलिउडका दुई दिग्गज अभिनेत्री माधुरी दिक्षित र रेखा पनि अनुबन्धित भइसकेका छन् ।

रेखा र माधुरी पछिल्लो पटक सन् २००१ मा राजकुमार सन्तोषीको फिल्म ‘लज्जा’मा देखिएका थिए । उनीहरुले भन्सालीको फिल्ममा झण्डै २० वर्ष पछि सहकार्य गर्न लागेका हुन् । फिल्ममा सोनाक्षी सिन्हा र हुमा कुरैशीको पनि अभिनय रहनेछ ।

सञ्जय हाल फिल्म ‘गंगूबाई काठियावाडी’मा व्यस्त छन् । फिल्ममा आलिया भट्टसँगै अजय देवगनको पनि अभिनय छ । यसबाहेक उनको फिल्म ‘बैजूबावरा’ पनि लाइनअपमा छ । जसमा रणवीर कपूरले प्रमुख भूमिकामा अभिनय गर्दैछन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ८ : ३० बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको