पवनदीप बने १२ औं ‘इण्डियन आइडल’ « Khabarhub

पवनदीप बने १२ औं ‘इण्डियन आइडल’


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’को उपाधि पवनदीप राजनले जितेका छन् । शोमा अरुणिता काञ्जीलाल फस्ट रनर अप भइन् ।

पवनदीपले अन्य चार प्रतिष्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् । फिनालेमा पवनदीपसहित दानिश खान, शनमुखप्रिया, अरुणिता काञ्जीलाल, निहाल तोरो, सयाली काम्बले प्रतिष्पर्धी थिए । उत्तराखण्डका पवनदीपले उपाधिसँगै नगद २५ लाख रुपैंयाँ, ट्रफी र एक कार पुरस्कार पाए ।

फिनाले झण्डै १२ घण्टा भन्दा बढी समयसम्म चलेको थियो । शोमा कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, कुमार सानू, अल्का याग्निक र उदित नारायण झालगायत पुगेका थिए । शोमा द ग्रेट खली पनि पुगेका थिए ।

फिनालेमा अनु मलिक, सोनु कक्कड, हिमेश रेशमियाको पनि उपस्थिति थियो । तर शोको निर्णायकमध्येकी एक नेहा कक्कड भने कार्यक्रममा उपस्थित थिइनन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १२ : ०० बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक