जोयाको फिल्ममा शाहरुखपुत्री सुहाना « Khabarhub

जोयाको फिल्ममा शाहरुखपुत्री सुहाना


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान बलिउडकै लोकप्रिय स्टार किड्समा पर्छिन् । सुहानाको हट र बोल्ट तस्वीरले सामाजिक सञ्जालमा भाइरल हुने ठाउँ पाउँछ । उनको इन्स्टाग्राममा पनि उत्तिकै संख्यामा फलोअर छन् । सुहानाले बलिउडमा डेब्यू नगरे पनि उनको लोकप्रियता कुनै अभिनेत्रीको भन्दा कम छैन ।

अब सुहाना चाँडै नै फिल्ममा डेब्यू गर्न जाँदैछिन । फिल्म निर्देशक जोया अख्तरले सुहानालाई फिल्ममा ल्याउन लागेकी हुन् । जोया इन्टरनेसनल कमिक बुक ‘आर्ची’माथि फिल्म बनाउदैछिन् । यो कमिक बुकलाई भारतीय रुपान्तरणको काम भइरहेको छ । फिल्ममा उनको पहिलो रोजाइ नै सुहाना बनेकी छन् ।

‘फिल्ममा केही साथीको कथा देखाइनेछ । जसका लागि जोयालाई सुहानाका अलावा केही युवा कलाकारको खाँचो छ । उनले बाँकी कलाकारको खोजी गरिरहेकी छन् । यदी सुहाना र शाहरुखलाई स्क्रिप्ट मनपर्यो भने बाँकी कागजी काम पनि पुरा हुनेछन् । फिल्म थिएटरमा नभई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ,’ जोया निकट स्रोतले भन्यो ।

सुहानाले यसअघि केही सट फिल्ममा काम गरिसकेकी छन् । सुहाना अभिनेत्री बन्नका लागि लण्डनमा पढिरहेकी छन् । शाहरुखका छोरा आर्यन फिल्म निर्माता बन्न चाहन्छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १२ : १० बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक