कोरियन अभिनेत्री किमको निधन « Khabarhub

कोरियन अभिनेत्री किमको निधन


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल(अमर उजाला)– दक्षिण कोरियाकी प्रख्यात अभिनेत्री किम मिन क्यूंगको ६१ वर्षको उमेरमा निधन भएको छ । उनको के कारणले निधन भएको हो भन्ने कुरा खुलेको छैन ।

किमले सन् १९७९ बाट फिल्मी करियर सुरुवात गरेकी थिइन् । उनले डेब्यू फिल्मबाटै लोकप्रियता पाएकी थिइन् । सन् १९८१ मा उनले ‘कोरिया थिएटर फेस्टिभल’मा ‘बेस्ट न्यूकमर अवार्ड’ जितेकी थिइन् ।

यसपछि उनी कैयौं टेलिफिल्म र फिल्ममा देखिइन् । उनी विगत चार दशकदेखि दर्शकलाई अभिनय मनोरञ्जन दिँदै आएकी थिइन् ।

उनी अभिनित फिल्म ‘तज्जा’, ‘समवन बिहाइण्ड यू’, ‘ह्वेय द ट्रुथ लाइज’ जस्ता फिल्म हिट साबित भएका थिए । यसबाहेक ‘द मून इमब्रेसिङ द सन’, ‘ह्वेन कमिला ब्लूम्स’, ‘द फ्लावर इन प्रिजन’ जस्ता टेलिफिल्म रुचाइएका थिए ।

उनी पछिल्लोपटक ‘माउस’ र ‘ए गुड सपर’मा देखिएकी थिइन् । उनका दुई फिल्म रिलिजको तयारीमा छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ३ : ०० बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको