अभिनेत्री पूजा बेदीलाई कोरोना संक्रमण « Khabarhub

अभिनेत्री पूजा बेदीलाई कोरोना संक्रमण


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– कोरोना भाइरसको प्रकोप भलै कम भए पनि यो भाइरस हालसम्म सकिएको छैन । बलिउडमा पछिल्लो समयमा सेलिब्रेटीहरुलाई कोरोना संक्रमणको खबर निकै कम आइरहेको बेला अभिनेत्री पूजा बेदीलाई कोरोना संक्रमण भएको छ ।

अभिनेत्रीले आफ्नो इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै आफूलाई कोरोना संक्रमण भएको र फ्यानलाई आफ्नो स्वास्थ्य लाभको कामना गर्न आग्रह गरेकी छन् ।

‘म कोरोना पोजेटिभ भएकी छु । पछिल्लो केही दिनदेखि एलर्जी र सायद त्यही कारणले रुघा दखिएको थियो । किनकी मलाई धुलोसँग एलर्जी हुन्छ । तर केही दिनदेखि ज्वरो पनि आएको थियो । त्यसपछि मलाई शंका लागेर कोभिड परीक्षण गर्दा मेरो रिपोर्ट पोजेटिभ आयो । यस्तो बेला डराउनु भन्दा पनि सावधानी अपनाउनुपर्छ । म सबै आवश्यक सावधानी अपनाउदै आफ्नो स्याहारसुसार गरिरहेकी छु’, उनले इन्स्टाग्राम भिडियोमा भनेकी छन् । पूजाका अनुसार उनका दुलाहा र मेडलाई पनि कोरोना संक्रमण भएको छ ।

पूजाले सन् १९९१ मा रिलिज फिल्म ‘विषकन्या’बाट अभिनय करियर सुरुवात गरेकी थिइन् । यो फिल्ममा उनले प्रमुख भूमिका निभाएकी थिइन् । यसपछि उनले सन् १९९२ मा रिलिज आमिर खान अभिनित फिल्म ‘जो जीता वही सिकन्दर’मा प्रमुख भूमिका निभाएकी थिइन् । यो फिल्ममा आमिरसँगको चुम्बन दृश्यका कारण उनी चर्चामा आएकी थिइन् ।

पूजा आफ्नो निजी जीवनलाई लिएर सामाजिक सञ्जालमा चर्चामा आइरहन्छिन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १२ : ३२ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट