आर्यनलाई विशेष ब्यारेकमा कडा सुरक्षा « Khabarhub

आर्यनलाई विशेष ब्यारेकमा कडा सुरक्षा


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान हाल मुम्बईस्थित आर्थर रोडको जेलमा बसिरहेका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरोको हिरासत समयावधि सकिएपछि उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको थियो । आर्यनको जमानतको आदेश अक्टोबर २० का लागि सुरक्षित गरिएको छ ।

समाचारअनुसार जेल अधिकारीहरुले आर्यन खानको सुरक्षा बढाएका छन् । उनलाई विशेष ब्यारेकमा लगिएको छ र जेल अधिकारीहरुले उनीमाथिको निगरानी बढाएका छन् । आर्यनले अहिले लागुऔषध मामलाका अन्य आरोपीहरुसँग कुराकानी र भेटघाट गरेका छैनन् ।

आर्यनले जेलको खाना खान रुचाएका छैनन । सुरुवाती केही दिन उनले बिष्कुटमात्र खाएका थिए । पिउनका लागि उनीसँग केही बोटल मात्रै मिनरल वाटर बाँकी छ । जेलको फोहोर ट्वाइलेट जानुपर्ने बाध्यताले पनि आर्यनले केही खानेकुरा नखाएको बताइएको छ ।

अधिकारीहरुका अनुसार आर्यनका आमाबुवाले उनलाई क्यान्टिन खर्चका लागि ४५ सय रुपैंयाँको मनी अर्डर पठाएका थिए । अहिले उनलाई घरेलु भोजन खानका लागि प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  २ : ०४ बजे

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,