अक्षयको ‘ओ माई गड २’ मा ‘श्रीराम’ बन्दै अरुण « Khabarhub

अक्षयको ‘ओ माई गड २’ मा ‘श्रीराम’ बन्दै अरुण


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– रामानन्द सागरको १९८७ को टेलिभिजन शो ‘रामायण’मा ‘भगवान राम’को भूमिका निर्वाह गरेर लोकप्रिय बनेका अभिनेता अरुण गोविल फिल्ममा पुनः ‘श्रीराम’को भूमिकामा देखिने भएका छन् ।

अरुण फिल्म ‘ओ माई गड’को सिक्वेलमा ‘भगवान राम’को भूमिकामा देखिन लागेका हुन । अश्विन वर्दे र अक्षय कुमारले निर्माण गर्न लागेको यो फिल्मको निर्देशन अमित रायले गर्दैछन् ।

अक्षय फिल्ममा अरुणलाई ‘भगवान राम’ बनाउन निकै उत्सुक थिए । अक्षयको बुझाईमा यो चरित्रमा अरुणभन्दा बढी लोकप्रिय अनुहार कोही छैन ।

‘रामायण’को अडिसन ताका अरुण अस्वीकृत भएका थिए । रामानन्दलाई अरुणको धुम्रपान सेवनको बानी मनपरेको थिएन । खराब आदत भएको व्यक्तिलाई कसरी राम बनाउन सकिन्छ भन्ने रामानन्दको बुझाई थियो । तर अरुणले आफूले यो बानीलाई छोड्ने भरोसा दिलाए । अरुणको लुक टेस्टमा उनको मुस्कान देखेर रामानन्द प्रभावित भएपछि उनलाई तुरुन्तै अनुबन्ध गरेका थिए ।

फिल्म ‘ओ माइ गड २’मा अक्षयका अलावा पंकज त्रिपाठी र यामी गौतम फाइनल भइसकेका छन् । पहिलो फिल्म धार्मिक कट्टरता र अन्धविश्वासमा आधारित रहे पनि दोस्रो फिल्मले भारतीय सुरक्षा प्रणालीलाई देखाउनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १ : ५३ बजे

यस्ता छन् प्रगतिशील लोकतान्त्रिकको पहिलो बैठकका १५ निर्णय

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको पहिलो बैठकले

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय