शर्लिनविरुद्ध राज र शिल्पाद्वारा ५० करोड क्षतिपूर्तिको मुद्धा दर्ता « Khabarhub

शर्लिनविरुद्ध राज र शिल्पाद्वारा ५० करोड क्षतिपूर्तिको मुद्धा दर्ता


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमरउजाला)– बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका व्यापारी पति राज कुन्द्राले अभिनेत्री शर्लिन चोपडामाथि मानहानीको मुद्धा दर्ता गराएका छन् । शिल्पा र राजले अभिनेत्री चोपडाबाट ५० करोड क्षतिपूर्तिको मागदाबीसमेत गरेका छन् ।

राज र शिल्पाले शर्लिनलाई कैयौं पटक चेतावनी दिँदा पनि शर्लिन नसुध्रिएपछि यो निर्णय लिएका हुन् । शिल्पा र राजका वकिलले शर्लिनले जुनसुकै मिडियामा दिइरहेको बयानबाजी कानूनी दायरामा नरहेको बताएका छन् ।

‘मेरो ग्राहकका विरुद्ध पत्रकार सम्मेलन गर्नु उनीहरुलाई बदनाम गर्ने उद्देश्यले हो । शर्लिन चोपडाले बोलेका कुराहरु अदालतमा उनकाविरुद्ध दर्ता गरिएको उजुरीमा प्रमाणका रुपमा प्रयोग गरिएका छन्’, वकिलले भनेका छन् ।

शर्लिनले राज र शिल्पाविरुद्ध अक्टोबर १४ मा एफआईआर दर्ता गराएकी थिइन् । उनले राज र शिल्पाले आफूलाई धोका दिएको र मानसिक यातना दिएको आरोप लगाएकी थिइन् ।

राज र शिल्पाका वकिलले भने शर्लिनले राज र शिल्पामाथि लगाएको सबै आरोप मनगढन्ते, झुठो, तुच्छ, निराधार र बिना प्रमाणको रहेको बताएका थिए । उनले शर्लिनले राज र शिल्पाको छवि बिगार्दै उनीहरुबाट पैसा असुल्न आरोप लगाएको दाबी गरेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ५ : ३४ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक