बैतडीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु « Khabarhub

बैतडीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु बैतडी– बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । शिवनाथ ६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिँदा उनका दुई जना बुहारी र एक जना नातिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए ।

मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र तीन वर्षीय सोम पार्की रहेका छन् । साँझ ६ बजेको समयमा प्रहरीले घटनास्थलबाट तीन जनाकै शव निकालेको छ ।

अहिले घटनास्थलमा सुल्लेखान र सार्माली प्रहरी चौकीबाट दुईवटा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ८ : १० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी