सुनसरीमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु « Khabarhub

सुनसरीमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको धरानमा वर्षासँगै आएको पहिरोले एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । धरान १३ स्थित नागेश्वर मार्ग बस्ने निशान राईका सात वर्षीय छोरी निसु र चार वर्षीय छोरा निहान राईको मृत्यु भएको हो ।

मंगलबार दिउँसो घरमाथिबाट आएको पहिरोले घरभित्र रहेका दुई बालबालिकालाई बेपत्ता बनाएको थियो । उद्धार टोलीले खोजी गर्दा साढे ३ बजे मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

उनीहरूका बुबाआमा बाहिर बरन्डामा बसिरहेका बेला पहिरो आएको थियो । बुबाआमाले ज्यान बचाए पनि दुई छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ९ : ५० बजे

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो