कांग्रेस र माओवादी एमाले कमजोर बनाउने षड्यन्त्रमा लागेको नेता बस्नेतको आरोप « Khabarhub

कांग्रेस र माओवादी एमाले कमजोर बनाउने षड्यन्त्रमा लागेको नेता बस्नेतको आरोप


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता महेश बस्नेतले एमालेलाई कमजोर बनाउन कांग्रेस र माओवादी केन्द्रले षड्यन्त्र रचेको आरोप लगाएका छन् ।

रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् ।

तर, एमाले कमजोर पार्ने देउवा, दाहाल र सापकोटा तीनै जनालाई आगामी दिनमा महँगो पर्ने उनको चेतावनी दिए । नेता बस्नेतले अध्यादेश ल्याउनुको अर्को उद्देश्य भनेको आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्याउने षड्यन्त्र रचिएको बताए ।

आगामी निर्वाचनमा पनि नेकपा (एमाले) नै अत्यधिक बहुमतका साथ आउने उनले दाबी गरे ।

४० महिनाको अवधिमा ओली सरकारले विकास र समृद्धिको यात्रा अघि बढाएको स्मरण गराउँदै उनले अहिले ओलीको उक्त समृद्धिको यात्रामा ब्रेक लगाउने काम भएको पनि टिप्पणी गरे । उनले सभामुखले आफू निस्पक्ष र स्वतन्त्र हुनुपर्ने र त्यहीअनुसार चल्नुपर्ने कुरा भुलेको पनि बताए ।

बस्नेतले नेकपा एमाले विधान महाधिवेशन गर्दै जनसंगठन निर्माण र कमिटी निर्माणमा केन्द्रित हुने जनाए । माओवादी परित्याग गरी एमालेमा प्रवेश गरको नेताहरुलाई अहिले पनि उचित भूमिका दिइएको बस्नेतको भनाइ छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ५ : १० बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान