एमालेको विरोधकाबीच दुई अध्यादेश बहुमतले स्वीकृत, संसदको अर्को बैठक बुधबार (भिडियोसहित) « Khabarhub

एमालेको विरोधकाबीच दुई अध्यादेश बहुमतले स्वीकृत, संसदको अर्को बैठक बुधबार (भिडियोसहित)


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच प्रतिनिधिसभाको बैठकमा दुई अध्यादेश स्वीकृत भएका छन् ।

एमालेले बैठक अवरूद्ध कायमै राखे पनि आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले दुई वटा अध्यादेश पेस गरेकामा त्यसलाई बहुमतले स्वीकृत गरेको हो ।

यौनहिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई बहुमतले स्वीकृति भएको हो ।

एमालेले अवरूद्ध गरेको बैठकमा नेमकिपाका सांसद् प्रेम सुवालले विरोध जनाएका थिए । एमाले र नेमकिपाको विरोधकाबीच दुबै अध्यादेश बहुमतले स्वीकृत भएको हो ।

त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउन आग्रह गरे पनि एमाले सांसदले त्यसलाई वेवास्ता गर्दै नारावाजी गरेपछि संसद बैठक पुष ७ (बुधबार)गते सम्मका लागि स्थगित भएको छ ।

नेकपा (एमाले) ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : ४७ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६