एमालेको विरोधकाबीच दुई अध्यादेश बहुमतले स्वीकृत, संसदको अर्को बैठक बुधबार (भिडियोसहित) « Khabarhub

एमालेको विरोधकाबीच दुई अध्यादेश बहुमतले स्वीकृत, संसदको अर्को बैठक बुधबार (भिडियोसहित)


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच प्रतिनिधिसभाको बैठकमा दुई अध्यादेश स्वीकृत भएका छन् ।

एमालेले बैठक अवरूद्ध कायमै राखे पनि आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले दुई वटा अध्यादेश पेस गरेकामा त्यसलाई बहुमतले स्वीकृत गरेको हो ।

यौनहिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई बहुमतले स्वीकृति भएको हो ।

एमालेले अवरूद्ध गरेको बैठकमा नेमकिपाका सांसद् प्रेम सुवालले विरोध जनाएका थिए । एमाले र नेमकिपाको विरोधकाबीच दुबै अध्यादेश बहुमतले स्वीकृत भएको हो ।

त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउन आग्रह गरे पनि एमाले सांसदले त्यसलाई वेवास्ता गर्दै नारावाजी गरेपछि संसद बैठक पुष ७ (बुधबार)गते सम्मका लागि स्थगित भएको छ ।

नेकपा (एमाले) ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : ४७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले