माछालाई दाना दिन निस्केका चौधरीको शव पोखरीमा « Khabarhub

माछालाई दाना दिन निस्केका चौधरीको शव पोखरीमा


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका २ स्थित ईटहर्वामा मंगलबार एक ५३ वर्षीय पुरुषको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको छ । स्थानीय बाबुनन्द चौधरीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको हो ।

सोमबार दिउँसो पोखरीमा माछालाई दाना हाल्न घरबाट निस्केका चौधरी साँझसम्म घर नफर्केपछि पोखरीलगायत आफन्तहरू भएको सबै ठाउँमा रातभर खोजतलास गरिएको गरिएको थियो ।

खोजी गर्ने क्रममा पोखरीमा मंगलबार बिहान ८ बजे पुनः हेर्न जाँदा उनले लगाएको चप्पल पानीमा तैरिएको देखेपछि महजाल लगाउँदा शव डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

चौधरीको शवलाई आवश्यक प्रक्रिया पूरा गरी परीक्षणका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

चौधरीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेको भनाइ रहेको छ । न्युजकारखाना

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : ३२ बजे

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ