माओवादी प्रदेश १ अधिवेशन : शर्मा र पुन निकटका नेता चुनावी मैदानमा « Khabarhub

माओवादी प्रदेश १ अधिवेशन : शर्मा र पुन निकटका नेता चुनावी मैदानमा


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको ९ जना पदाधिकारीका लागि २९ जनाको उमेदवारी परको छ । उद्घाटन भएको १२ दिनमा हुन गइरहेको चुनावमा केन्द्रका दुई नेता निकटका प्रदेशका नेताबीच प्रतिस्पर्धा हुन लागेको हो ।

अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुन निकटका नेता अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

शर्माका प्रमुख स्वकीय सचिव हर्क बहादुर नेम्बाङ र पुन निकटका मुक्साहाङ मेनाङवोले अध्यक्षका लागि उमेदवारी दिएका छन्।

तीन उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी कायम भएको छ । शिवकुमार डाँगी, भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, मणिकुमार साम्पाङ, उर्मिला तामाङ, देवान चाम्लिङ, इन्दीरा मिश्र र मोहन बहादुर खत्री रहेका छन् ।

सचिव पदका लागि दुई जनाको उम्मेद्वारी परेको छ । जसमा गणेश उप्रेती सुशील र सिपी कडरिया रहेका छन् ।

३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेदवारी परेको छ । जसमा ऋषिराम ढुंगाना, राजु आचार्य, सन्तोष थारु, हर्क लावती, कुमारी राई, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली, कृष्ण जिमी, दिलकुमार राई, तेजमान कन्दङ्वा र सागर किराती रहेका छन् ।

१ जना कोषाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की, रेवतराज पुरी र बन्दना झाँगड रहेका छन् ।

माओवादी प्रदेश अधिवेशन गत मंसिर २५ गते मोरङको विराटचोकमा उद्घाटन गरिएको थियो । प्रदेश कमिटी सदस्य भने यसअघिनै टुंगो लागिसकेको छ । पदाधिकारीमा सहमति नभएपछि चुनाव गरेर नेतृत्व टुगाउन लागिएको हो ।

अन्तिम समयसम्म कसरत गरे पनि सर्वसम्मत गर्न नसकिएपछि चुनावमा जानु परेको माओवादी प्रदेश १ का इन्चार्ज राम कार्कीले बताए ।

सर्वसम्मत नेतृत्व चयनका लागि ५ सदस्यीय कार्यदल गठन गरिएको थियो । प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी कार्यदलमा रहेका थिए । न्यूजकारखाना

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १० : ४५ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति