मृत भेटिइन् ‘कंचना ३’ अभिनेत्री अलेक्जेण्डर « Khabarhub

मृत भेटिइन् ‘कंचना ३’ अभिनेत्री अलेक्जेण्डर


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– रसियन मोडल तथा अभिनेत्री अलेक्जेण्डर उत्तर गोवाको एक घरको छतमा झुण्डिएको अवस्थामा भेटिएकी छन् । २४ वर्षीया अभिनेत्री गत शुक्रबार आफ्नो घरको भित्री कोठाको छतमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

उनी यो घरमा प्रेमीका साथ बस्दै आएकी थिइन् । गोवा प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या भने पनि उनीहरु पोस्टमार्टम रिपोर्ट पर्खिरहेका छन् । प्रहरीका अनुसार अलेक्जेण्डर मानसिक रुपले तनावग्रस्त थिइन् । पछिल्ला केही दिन यता उनी नियमित औषधि लिइरहेकी थिइन् ।

गोवा प्रहरीले रसियन दुतावासलाई कानूनी प्रक्रिया सुरु गर्न भनेको छ । उनीहरुले दुतावासलाई पोस्टमार्टम रिपोर्ट चाँडै आउने आश्वासन दिएका छन् ।

अलेक्जेण्डरले सन् २०१९ मा चेन्नई प्रहरीमा एक फोटोग्राफरविरुद्ध यौन दुव्र्यवहारको उजुरी दिएकी थिइन् । उनले फोटोग्राफरले तस्वीर खिच्नुको साटो यौन चाहना व्यक्त गरेको दाबी गरेकी थिइन् ।

अभिनेत्रीको निधनपछि चेन्नई प्रहरीले गोवा प्रहरीलाई हरेक किसिमको सहयोग गर्ने आश्वासन दिएको छ ।

अलेक्जेण्डरले तमिल फिल्म ‘कंचना ३’मा अभिनय गरेकी थिइन् । राघव लरेन्सको यो फिल्ममा उनले रोजी नामको एक चुडेलको भूमिका निभाएकी थिइन् । जसले बदला लिने काम गरेकी छन् । फिल्ममा निक्की तम्बोली, वेदिका कुमार, सरला र श्रीमनजस्ता कलाकारले अभिनय गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ११ : ५९ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक