दीपिका र कटरीनासँग रोमान्स गर्ने इमरान चाहना « Khabarhub

दीपिका र कटरीनासँग रोमान्स गर्ने इमरान चाहना


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता इमरान हाशमी हालका दिनमा आफ्नो आगामी थ्रिलर फिल्म ‘चेहरे’को रिलिजको प्रतिक्षामा छन् । यो फिल्ममा इमरान पहिलोपटक अमिताभ बच्चनका साथ स्क्रिन शेयर गर्दैछन् । अमिताभका साथ काम गर्न पाउनु आफ्नो सपना पुरा भएको इमरानको बुझाई छ ।

बलिउडमा इमरानको केही चाहना छन्, जुन पुरा हुन बाँकी नै छन् । उनी बलिउडका चर्चित दुई अभिनेत्रीसँग अनस्क्रिन रोमान्स गर्न चाहन्छन् । तर उनलाई यो मौका मिलेको छैन ।

इमरानका अनुसार उनी दीपिका पादुकोण र कटरीना कैफसँग अनस्क्रिन रोमान्स गर्न चाहन्छन् । बलिउड हंगामासँग गरेको कुराकानीमा उनले दीपिका र कटरीना मोहलाई प्रस्तुत गरेका हुन् ।

आनन्द पण्डित मोशन पिक्चर्सको फिल्म ‘चेहरे’मा अमिताभ र इमरानका अलावा रघुवीर यादव, सिद्धान्त कपूर, क्रिस्टल डिसूजा, अन्नू कपूर र रिया चक्रवर्तीको अभिनय छ । फिल्मका निर्देशक रुमी जाफरी हुन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १ : ३५ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको