फिल्मबाट टाढिएर कृषि कर्ममा रमाएका यी कलाकार « Khabarhub

फिल्मबाट टाढिएर कृषि कर्ममा रमाएका यी कलाकार


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडमा यस्ता कैयौं कलाकार छन्, जो फिल्मको व्यस्त समयलाई बिराम लगाउदै कृषि कर्ममा सक्रिय बनेका छन् । जसमा अभिनेता र अभिनेत्री दुवै जोडिएका छन् । धर्मेन्द्रदेखि लिएर अभिनेत्री राखीसम्मका कलाकारको पछिल्लो जीवन कृषिकर्ममै बितिरहेको छ ।

गीतकार गुलजारकी पूर्व पत्नी र दिग्गज अभिनेत्री राखीले फिल्म क्षेत्रबाट सन्यास लिइसकेकी छन् । हालका दिनमा उनी पनवेल फार्म हाउसमा बसेर खेतीपाती गरिरहेकी छन् । उनको जनावरसँग निकै प्रेम छ र फार्म हाउसमा आफूले पालेका जनावरलाई स्याहार्न व्यस्त छिन् ।

अभिनेता धर्मेन्द्रको प्रकृति प्रेमबारे जोकोही जानकार छन् । उनी आफ्नो इन्स्टा एकाउण्टमा लोनावालास्थित फार्म हाउसको भिडियो शेयर गरिरहन्छन् । उनी फिल्मी दुनियाँबाट टाढिएर पूर्ण रुपमा अग्र्यानिक खेती र जनावर पाल्ने काममा व्यस्त छन् । उनको फार्म हाउसमा सयौं गाई छन् । उनी घरेलु तरकारी उब्जाएर खान्छन् ।

फिल्म उद्योगमा इण्डीपप गीतका लागि प्रख्यात गायक लकी अली छोटो समयमा नै सांगीतिक क्षेत्रमा लोकप्रिय भए । गीतसंगीतबाट अलग्गिए पनि उनको गीत अहिले पनि नसुन्ने श्रोता कमै होलान् । लकी हालका दिनमा अग्र्यानिक खेती गरिरहेका छन् । उनी सामाजिक सञ्जालमा आफ्नो फार्म हाउसको भिडियो पोस्ट गरिरहन्छन् ।

एकता बलिउडमा स्थापित अभिनेत्री जुही चावला लामो समयदेखि बलिउडमा टाढिएकी छन् । उनी पछिल्लो कैयौं वर्षदेखि खेतीपातीमा सक्रिय छिन् । उनको प्राथमिकता अग्र्यानिक उत्पादनमा जोड दिने रहेको छ । जूही महाराष्ट्रको वाडास्थित आफ्नो फार्म हाउसमा व्यस्त छिन् । उनले पिताको निधन पछि यो फार्महाउसमा खेती गर्ने निर्णय लिएकी थिइन् ।

बलिउडकी ‘डिम्पल गर्ल’ प्रीति जिन्टाले पनि फिल्मसँग सम्बन्ध टुटाएको धेरै भइसक्यो । उनी दुई वर्षयता कृषि फार्ममा सक्रिय छिन् । उनी सामाजिक सञ्जालमा आफ्नो खेतीसँग जोडिएका हरेक विषयलाई भिडियोका रुपमा पोष्ट गरिरहन्छिन् ।

अभिनेता आर माधवन भलै फिल्मबाट टाढिएका छैनन्, तर उनी खेतीपातीमा निकै सक्रिय छन् । उनले केही वर्ष अघि जग्गा किनेर नरिवलको विरुवा लगाएका छन् । उनी अन्य फसलहरु अग्र्यानिक किसिमले उत्पादन गरिरहेका छन् ।

अभिनेता नवाजुद्दीन सिद्दीकीको कृषिमा विशेष लगाव छ । उनी कृषि कर्मलाई आफ्नो दोस्रो कर्मभूमि मान्छन् । उनी फिल्मको काम सकाउनासाथ आफ्नो गाउँ मुजप्फरनगर पुग्छन् र खेतीपातीमा रमाउछन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ४ : २१ बजे

रविलाई पार्टी कार्यालयमा स्वागत, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका