फिल्मबाट टाढिएर कृषि कर्ममा रमाएका यी कलाकार « Khabarhub

फिल्मबाट टाढिएर कृषि कर्ममा रमाएका यी कलाकार


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडमा यस्ता कैयौं कलाकार छन्, जो फिल्मको व्यस्त समयलाई बिराम लगाउदै कृषि कर्ममा सक्रिय बनेका छन् । जसमा अभिनेता र अभिनेत्री दुवै जोडिएका छन् । धर्मेन्द्रदेखि लिएर अभिनेत्री राखीसम्मका कलाकारको पछिल्लो जीवन कृषिकर्ममै बितिरहेको छ ।

गीतकार गुलजारकी पूर्व पत्नी र दिग्गज अभिनेत्री राखीले फिल्म क्षेत्रबाट सन्यास लिइसकेकी छन् । हालका दिनमा उनी पनवेल फार्म हाउसमा बसेर खेतीपाती गरिरहेकी छन् । उनको जनावरसँग निकै प्रेम छ र फार्म हाउसमा आफूले पालेका जनावरलाई स्याहार्न व्यस्त छिन् ।

अभिनेता धर्मेन्द्रको प्रकृति प्रेमबारे जोकोही जानकार छन् । उनी आफ्नो इन्स्टा एकाउण्टमा लोनावालास्थित फार्म हाउसको भिडियो शेयर गरिरहन्छन् । उनी फिल्मी दुनियाँबाट टाढिएर पूर्ण रुपमा अग्र्यानिक खेती र जनावर पाल्ने काममा व्यस्त छन् । उनको फार्म हाउसमा सयौं गाई छन् । उनी घरेलु तरकारी उब्जाएर खान्छन् ।

फिल्म उद्योगमा इण्डीपप गीतका लागि प्रख्यात गायक लकी अली छोटो समयमा नै सांगीतिक क्षेत्रमा लोकप्रिय भए । गीतसंगीतबाट अलग्गिए पनि उनको गीत अहिले पनि नसुन्ने श्रोता कमै होलान् । लकी हालका दिनमा अग्र्यानिक खेती गरिरहेका छन् । उनी सामाजिक सञ्जालमा आफ्नो फार्म हाउसको भिडियो पोस्ट गरिरहन्छन् ।

एकता बलिउडमा स्थापित अभिनेत्री जुही चावला लामो समयदेखि बलिउडमा टाढिएकी छन् । उनी पछिल्लो कैयौं वर्षदेखि खेतीपातीमा सक्रिय छिन् । उनको प्राथमिकता अग्र्यानिक उत्पादनमा जोड दिने रहेको छ । जूही महाराष्ट्रको वाडास्थित आफ्नो फार्म हाउसमा व्यस्त छिन् । उनले पिताको निधन पछि यो फार्महाउसमा खेती गर्ने निर्णय लिएकी थिइन् ।

बलिउडकी ‘डिम्पल गर्ल’ प्रीति जिन्टाले पनि फिल्मसँग सम्बन्ध टुटाएको धेरै भइसक्यो । उनी दुई वर्षयता कृषि फार्ममा सक्रिय छिन् । उनी सामाजिक सञ्जालमा आफ्नो खेतीसँग जोडिएका हरेक विषयलाई भिडियोका रुपमा पोष्ट गरिरहन्छिन् ।

अभिनेता आर माधवन भलै फिल्मबाट टाढिएका छैनन्, तर उनी खेतीपातीमा निकै सक्रिय छन् । उनले केही वर्ष अघि जग्गा किनेर नरिवलको विरुवा लगाएका छन् । उनी अन्य फसलहरु अग्र्यानिक किसिमले उत्पादन गरिरहेका छन् ।

अभिनेता नवाजुद्दीन सिद्दीकीको कृषिमा विशेष लगाव छ । उनी कृषि कर्मलाई आफ्नो दोस्रो कर्मभूमि मान्छन् । उनी फिल्मको काम सकाउनासाथ आफ्नो गाउँ मुजप्फरनगर पुग्छन् र खेतीपातीमा रमाउछन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ४ : २१ बजे

झापामा मकै उत्पादनमा ह्रास

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति

मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान  कुसंस्कारले

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका

नियन्त्रित लागूऔषधसहित दुईजना पक्राउ

धनकुटा– सहिदभूमि गाउँपालिका-७ साप्टिङ्टारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ७ सय ९०