मुख्यमन्त्री राउतद्वारा क्रिसमस डेको शुभकामना « Khabarhub

मुख्यमन्त्री राउतद्वारा क्रिसमस डेको शुभकामना


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्रिसमस डेले सबैमा भाइचारा एवम् सौहार्दताको सन्देश दिएका छन् ।

इसाई धर्मका संस्थापक येसु खिष्टको जन्मोत्सव अर्थात् क्रिसमस डेको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले क्रिसमस डेले सर्वसाधारणलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउने शुभकामना दिएका छन् ।

येसु खिष्टले दिएको योगदानले समाजमा व्याप्त अन्याय, अत्याचार र विभेदविरुद्ध लड्ने प्रेरणा समस्त देशवासीले ग्रहण गरुन भन्ने अपेक्षा लिएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

कोरोना महामारीको जोखिम अझै कायमै रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाएर मात्र क्रिसमस डे मनाउन पनि मुख्यमन्त्री राउतले सबैसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १ : ५५ बजे

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि

प्रदीप ज्ञवालीको निष्कर्ष : निर्वाचनपछि एमालेमा ध्रुवीकरण बढ्यो, तलैसम्म विभाजनको अवस्था ल्यायो

काठमाडौं – नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी,

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

काठमाडौं– प्रतिनिधिसभाका सभामुख सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा प्रतिनिधिसभाको कार्यव्यवस्था

बंगालको खाडीमा बन्दै शक्तिशाली मौसमी प्रणाली, आज राति आन्ध्र-ओडिशा तटमा पुग्ने

नयाँदिल्ली- बंगालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ पछिल्लो ६ घण्टामा प्रतिघण्टा

प्राधिकरणमा पदभार ग्रहण गर्दै दीर्घायुको पहिलो बचन : बिजुली कटौती हुन दिँदैनौँ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले