१५ घण्टापछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा « Khabarhub

१५ घण्टापछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा


११ भदौ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

बिहीबार बेलुकादेखि सेती दोभानमा खसेको पहिरो आज बिहान पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । बिहान साढे ५ देखि पहिरो पन्छाउन सुरु गरी करिब सवा ९ बजे दुईतर्फी सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

कार्यालयका निमित्त प्रमुख सूर्यबहादुर थापाले भने, “सवा ९ बजेदेखि सडक सञ्चालनमा आएको जानकारी छ । तर, अझै पनि लेदो बग्ने क्रम जारी छ । हेरौँ, कति समयसम्म सडक सञ्चालन गर्न सकिन्छ ।”

सोही ठाउँको १४ किलोमा सडक चिरिएका कारण थप जोखिम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

आज बिहान करिब साढे ४ बजेतिर पाँच किलोमासमेत सुक्खा पहिरो खसेको थियो । सो पहिरो पनि पन्छाएर सडक सञ्चालनमा ल्याइएको थापाले बताए ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  १० : २० बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब