१५ घण्टापछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा « Khabarhub

१५ घण्टापछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

बिहीबार बेलुकादेखि सेती दोभानमा खसेको पहिरो आज बिहान पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । बिहान साढे ५ देखि पहिरो पन्छाउन सुरु गरी करिब सवा ९ बजे दुईतर्फी सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

कार्यालयका निमित्त प्रमुख सूर्यबहादुर थापाले भने, “सवा ९ बजेदेखि सडक सञ्चालनमा आएको जानकारी छ । तर, अझै पनि लेदो बग्ने क्रम जारी छ । हेरौँ, कति समयसम्म सडक सञ्चालन गर्न सकिन्छ ।”

सोही ठाउँको १४ किलोमा सडक चिरिएका कारण थप जोखिम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

आज बिहान करिब साढे ४ बजेतिर पाँच किलोमासमेत सुक्खा पहिरो खसेको थियो । सो पहिरो पनि पन्छाएर सडक सञ्चालनमा ल्याइएको थापाले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १० : २० बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११