माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा « Khabarhub

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ-सात महिनाभित्र आयोजनाबाट १४ दशमलव आठ मेगावाट विद्युत् उत्पादन हुने छ ।

बाढी पहिरो, भूकम्प, कोभिड सङ्क्रमणको असर एवं ठेकेदार कम्पनीको शिथिलताजस्ता विविध कारणले आयोजना निर्माणमा ढिलाइ भएको जनाइएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको सुरूङलगायत अधिकांश संरचना निर्माण सम्पन्न भइसकेको र पछिल्लो समय विद्युत्गृहमा उपकरण जडान गर्ने काम भइरहेको जानकारी दिए।

उनले ४२ दशमलव पाँच मेगावाटको तल्लो साञ्जेन एवं टिमुरेमा निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको शनिबार स्थलगत निरीक्षण गरेका थिए । यी दुई आयोजनाले भने एक वर्षभित्र विद्युत उत्पादन गर्ने जनाइएको छ ।

ती आयोजनाको अधिकांश निर्माण पूरा भइसकेका अवस्थामा कोभिडको कारण दर्शाउँदै उपकरण जडान गर्ने ठेकेदार कम्पनीले आलटाल गरिरहेका थिए । सो अवसरमा कार्यकारी निर्देशक घिसिङ छिटो काम सम्पन्न गराउन ठेकेदार कम्पनीलाई निदशन दिएका छन् ।

माथिल्लो तथा तल्लो साञ्जेन अर्धभूमिगत एवं रसुवागढी पूरै भूमिगत मोडेलको डिजाइनबाट यी तीन जलविद्युत् आयोजना सन् २०१३ बाट निर्माण सुरू भएको हो । चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत भगिनीका रूपमा स्थापित साञ्जेन तथा रसुवागढी जलविद्युत् कम्पनीमार्फत यी आयोजना निर्माणाधीन छन् ।

सबैको मनमस्तिकमा गढेको उज्यालो नायकका रूपमा परिचित घिसिङको भ्रमणले रसुवामा सञ्चालित अन्य विद्युत् आयोजना लक्षित समयमा पूरा गराउन प्राविधिकलाई थप हौसला बढेको र आगामी दिनमा उनको भ्रमणले निरन्तरता पाइरहने आफूहरू आशावादी रहेको विद्युत् क्षेत्रमा कार्यरत प्राविधिक बताउँछन् ।

चिलिमे जलविद्युत् कम्पनीको १० प्रतिशत शेयर जिल्लावासीलाई उपलब्ध गराई खरिद गर्न नसक्नेका लागि बैंकबाट ऋणको समेत व्यवस्था मिलाउने कार्यमा कार्यकारी निर्देशक घिसिङले योगदान दिएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ८ : २२ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको