प्रधानमन्त्री कप क्रिकेटमा आर्मीद्वारा गण्डकी प्रदेश ६९ रनले पराजित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीद्वारा गण्डकी प्रदेश ६९ रनले पराजित


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा जित हात परेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको हो । खेलमा आर्मीले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकी ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रन बनायो ।

गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३९ रन बनाए भने कप्तान बिपिन खत्री १९ तथा अर्जुन कुमालले १४ रन बनाए । यता आर्मीको जितमा सुसन भारीले सर्वाधिक ५ विकेट लिए भने कुशल मल्ल र साहब आलमले समान २ विकेट लिए । विक्रम सोबले एक विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ५४ रनमा बनाए । विक्रम सोब ३९, अनिल मण्डलले २६ र अर्जुन साउदले १३ रन बनाए ।

गण्डकीका लागि बिपिन खत्रीले सर्वाधिक ४ विकेट लिए भने कमल परियार २, सुवास भण्डारी, चन्द्र पौडेल र अमृत गुरुङले समान एक–एक विकेट लिए । जितसँगै आर्मीले ३ खेलबाट ४ अङ्क बनाउँदै सेमिफाइनलको सम्भावना कायम राखेको छ । पराजित गण्डकी ४ खेलबाट ५ अङ्कसहित दोस्रो स्थानमा यथावत रहेको छ । यस समूहबाट एपीएफ क्लब तीन खेल जितेर सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : १८ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको