एमालेको इलाम अध्यक्षमा महेश बस्नेत निर्वाचित | Khabarhub Khabarhub

एमालेको इलाम अध्यक्षमा महेश बस्नेत निर्वाचित


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – नेकपा एमालेको इलाम जिल्ला अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । आइतबार राती सम्पन्न मतगणनाअनुसार अध्यक्षका प्रत्यासी डा. देवी क्षेत्री दुलालाई फराकिलो मतान्तरले हराउँदै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन्।

इलाम नगरपालिकाका प्रमुखसमेत रहेका बस्नेत डेढ महिना यता एमाले इलामको अध्यक्षको जिम्मेवारीमा थिए । तत्कालीन अध्यक्ष राम राना एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि बस्नेतले अध्यक्षको जिम्मेवारी पाएका थिए ।

अध्यक्षमा निर्वाचित बस्नेतले ६९४ मत पाउँदा उनका प्रतिस्पर्धी दुलालले ६४ मत मात्रै प्राप्त गरे। जिल्ला कमिटीको उपाध्यक्षमा उदयबहादुर राई निर्वाचित भएका छन् । सन्दकपुर गाउँपालिकाको अध्यक्षसमेत रहेका राईले याम अधिकारीलाई हराएका हुन् । राईले ६०८ र अधिकारीले १३७ मत प्राप्त गरे।

सचिवमा उमेश गुरुङ निर्वाचित भएका छन् । उनले प्रकाश अधिकारीलाई पराजित गरेका हुन् । गुरुङले ५२७ मत र अधिकारीले २२२ मत पाएका छन्। उपसचिवमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य निर्वाचित भएका छन् । सुवेदीले ४४४ मत र आचार्यले २७२ मत प्राप्त गरे ।

दुई उपसचिवको लागि ६ जनाले प्रतिस्पर्धा गरेका थिए । उपसचिवमा पराजित भएका छवि श्रेष्ठले २५३, रमेश राईले १९७, सन्तराम योङहाङले १२७ र नरेश तामाङले ८८ मत पाएका छन् । पाँच पदाधिकारीसहित १०५ सदस्यीय कमिटीको चयनको लागि ७६३ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ७ : १५ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो