क्यान्सर र मानव अङ्ग अस्पताललाई गुणस्तरीय सेवा दिन स्वास्थ्य राज्यमन्त्रीको केसीको निर्देशन « Khabarhub

क्यान्सर र मानव अङ्ग अस्पताललाई गुणस्तरीय सेवा दिन स्वास्थ्य राज्यमन्त्रीको केसीको निर्देशन


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले बिरामीमैत्री वातावरणमा सेवा प्रवाह गर्न भक्तपुरका अस्पतालहरुलाई निर्देशन दिएका छन् ।

भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आज अवलोकन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

राज्यमन्त्री केसीले भक्तपुर क्यान्सर अस्पतालको अवलोकन गर्दै यस अस्पताललाई कम्तीमा ५०० शय्यामा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले क्यान्सरका बिरामी बढिरहेको अवस्थामा अस्पतालको शय्या र भवन निकै अभाव भएको पाइएको उल्लेख गर्दै यस अस्पताललाई ५०० शय्यामा विस्तार गर्न सके मात्रै आगामी २० वर्षसम्म सहज हुने बताए ।

अस्पतालको स्तरवृद्धि गर्न आफूले पहल गर्ने भन्दै अस्पतालमा भवनको अभाव देखिएकाले यो समस्या समाधान गर्न सरकारका तर्फबाट आफूले आवश्यक भूमिका खेल्ने उनले बताए ।

सीमित स्रोतसाधनका बाबजुद पनि धेरै सेवा प्रदान गर्नु अस्पताल धन्यवादको पात्र भएको भन्दै मन्त्री केसीले कतिपय ठाउँमा चिकित्सकबाट र अस्पतालबाटै लापरबाही भएको सुनिरहँदा यहाँको सेवा प्रभावकारी भएको देख्दा खुसी लागेको बताए ।

लामो समयदेखि क्यान्सर अस्पतालमा करारमा काम गर्ने कर्मचारीहरुको समस्याको समाधान गर्न आफू लाग्ने उनले बताए ।

क्यान्सर अस्पतालका कर्मचारीहरुले लामो समयदेखि करारमा काम गर्न बाध्य भएको भन्दै अस्पतालको गठन आदेश परिमार्जन गर्न स्वास्थ्य राज्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी राज्यमन्त्री केसीले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको समेत अवलोकन गर्दैै डायलासिस गर्न र मिर्गौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

उनले मिर्गौलाको बिरामीले अहिले पनि सजिलैसँग डायलासिस गर्न नपाएर लामो समय पालो कुर्नुपर्ने बाध्यता रहेको र प्रत्यारोपणमा पनि लामो समय पालो कुर्नुपर्ने वाध्यता अब हटाउनुपर्ने बताए । यसका लागि आफूले आवश्यक पहल गर्ने बताउँदै बिरामीलाई कुनै पनि दुःख नदिन उनले निर्देशन दिए ।

बिरामीले अहिले पनि शय्या नपाएर मर्कामा परिरहेको आफूले जानकारी पाएको भन्दै उनले त्यो समस्या समाधान गर्न आफूले के गर्नुपर्छ तयार रहेको पनि बताए ।

अनुगमनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्मालगायतको टोलीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ११ : ०७ बजे

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय