क्यान्सर र मानव अङ्ग अस्पताललाई गुणस्तरीय सेवा दिन स्वास्थ्य राज्यमन्त्रीको केसीको निर्देशन « Khabarhub

क्यान्सर र मानव अङ्ग अस्पताललाई गुणस्तरीय सेवा दिन स्वास्थ्य राज्यमन्त्रीको केसीको निर्देशन


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले बिरामीमैत्री वातावरणमा सेवा प्रवाह गर्न भक्तपुरका अस्पतालहरुलाई निर्देशन दिएका छन् ।

भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आज अवलोकन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

राज्यमन्त्री केसीले भक्तपुर क्यान्सर अस्पतालको अवलोकन गर्दै यस अस्पताललाई कम्तीमा ५०० शय्यामा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले क्यान्सरका बिरामी बढिरहेको अवस्थामा अस्पतालको शय्या र भवन निकै अभाव भएको पाइएको उल्लेख गर्दै यस अस्पताललाई ५०० शय्यामा विस्तार गर्न सके मात्रै आगामी २० वर्षसम्म सहज हुने बताए ।

अस्पतालको स्तरवृद्धि गर्न आफूले पहल गर्ने भन्दै अस्पतालमा भवनको अभाव देखिएकाले यो समस्या समाधान गर्न सरकारका तर्फबाट आफूले आवश्यक भूमिका खेल्ने उनले बताए ।

सीमित स्रोतसाधनका बाबजुद पनि धेरै सेवा प्रदान गर्नु अस्पताल धन्यवादको पात्र भएको भन्दै मन्त्री केसीले कतिपय ठाउँमा चिकित्सकबाट र अस्पतालबाटै लापरबाही भएको सुनिरहँदा यहाँको सेवा प्रभावकारी भएको देख्दा खुसी लागेको बताए ।

लामो समयदेखि क्यान्सर अस्पतालमा करारमा काम गर्ने कर्मचारीहरुको समस्याको समाधान गर्न आफू लाग्ने उनले बताए ।

क्यान्सर अस्पतालका कर्मचारीहरुले लामो समयदेखि करारमा काम गर्न बाध्य भएको भन्दै अस्पतालको गठन आदेश परिमार्जन गर्न स्वास्थ्य राज्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी राज्यमन्त्री केसीले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको समेत अवलोकन गर्दैै डायलासिस गर्न र मिर्गौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

उनले मिर्गौलाको बिरामीले अहिले पनि सजिलैसँग डायलासिस गर्न नपाएर लामो समय पालो कुर्नुपर्ने बाध्यता रहेको र प्रत्यारोपणमा पनि लामो समय पालो कुर्नुपर्ने वाध्यता अब हटाउनुपर्ने बताए । यसका लागि आफूले आवश्यक पहल गर्ने बताउँदै बिरामीलाई कुनै पनि दुःख नदिन उनले निर्देशन दिए ।

बिरामीले अहिले पनि शय्या नपाएर मर्कामा परिरहेको आफूले जानकारी पाएको भन्दै उनले त्यो समस्या समाधान गर्न आफूले के गर्नुपर्छ तयार रहेको पनि बताए ।

अनुगमनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्मालगायतको टोलीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ११ : ०७ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,