मन्त्रीसँग मतदाताले मागे लालपुर्जा « Khabarhub

मन्त्रीसँग मतदाताले मागे लालपुर्जा


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाको क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठसँग घरदैलोका क्रममा मतदाताले लालपुर्जा मागेका छन् । आज लोकतान्त्रिक– वाम गठबन्धनका तर्फबाट भरतपुर वडा नम्बर ११, १२ तथा नारायणगढ बजार क्षेत्रमा घरदैलो गरिएको थियो ।

सो क्रममा भरतपुर ११ र १२ का भूमिहिनले श्रेष्ठलाई जग्गाधनी पुर्जा दिलाइ दिन माग गरे । उनीहरूले विगत २३ वर्षदेखि जग्गाधनी पुर्जा नपाएको भन्दै श्रेष्ठसँग लालपुर्जा दिलाइदिन अनुरोध गरेका छन् । घरदैलो गर्ने क्रममा भूमिहिनले आफूलाई जग्गाधनी पुर्जा मिलाइ दिने विश्वासिलो नेतालाई मात्र भोट दिने बताएका छन् ।

भरतपुर वडा नम्बर १२ का भूमिहिन वीरबहादुर तामाङले वर्षौैँदेखि नेताहरूले आश्वासन मात्रै दिएको गुनासो गरे । आफूहरूले यस देशको नागरिक भएर पनि जग्गाधनी नहुुंँदा दोस्रो दर्जाको नागरिकको रुपमा बांँच्नुपरेको भन्दै तामाङले दुःखेसो व्यक्त गरे । भूमिहिनका अगुवाले अहिले यसपटक एकजुट भएको र आफ्नो मुख्य माग नै जग्गाधनी पुर्जा भएको बताएका थिए । अर्का भूमिहिन गोपाल विक अहिलेसम्म जग्गाधनी नहुंँदा दैनिक जीवनमानै असर परेको बताउँछन् ।

गुनासो सुनेपछि जवाफ दिँदै उम्मेदवार श्रेष्ठले आफूले चुनाव जितेमा जग्गाधनी जसरी पनि दिलाइ दिने प्रतिबद्धता व्यक्त गरे । ‘म पनि गरिखाने मान्छेको अभियान्ता हुंँ । मैले पनि तपाईहरूले जस्तै दुःख सङ्र्घष गरेर आएको व्यक्ति हो । मैले तपाईंहरूको पीडा नबुझे कसले बुझ्छ र ?’, श्रेष्ठले भने । लागि भूमिहिनको भोटको आवश्यक रहेकाले जिताएर सांसद बनाइ दिन आग्रह गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ८ : ३४ बजे

तोकिएको समयमै सम्पन्न नहुने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला (तस्बिरहरू)

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको

पाकिस्तानमा भारी वर्षा : ११ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद- भारी मनसुनी वर्षासँगै आएको आँधीबेहरी र तीव्र हावाहुरीका कारण पाकिस्तानका

खामेनीकोस्वीकृतिमै अमेरिकासँग वार्ता भइरहेको पेजेस्कियानको दाबी

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग भइरहेको अप्रत्यक्ष वार्ता

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काठमाडौं– शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम

पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा जडान

पर्वत– ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरी, डकैती, लुटपाट, हत्या तथा