मन्त्रीसँग मतदाताले मागे लालपुर्जा « Khabarhub

मन्त्रीसँग मतदाताले मागे लालपुर्जा


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाको क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठसँग घरदैलोका क्रममा मतदाताले लालपुर्जा मागेका छन् । आज लोकतान्त्रिक– वाम गठबन्धनका तर्फबाट भरतपुर वडा नम्बर ११, १२ तथा नारायणगढ बजार क्षेत्रमा घरदैलो गरिएको थियो ।

सो क्रममा भरतपुर ११ र १२ का भूमिहिनले श्रेष्ठलाई जग्गाधनी पुर्जा दिलाइ दिन माग गरे । उनीहरूले विगत २३ वर्षदेखि जग्गाधनी पुर्जा नपाएको भन्दै श्रेष्ठसँग लालपुर्जा दिलाइदिन अनुरोध गरेका छन् । घरदैलो गर्ने क्रममा भूमिहिनले आफूलाई जग्गाधनी पुर्जा मिलाइ दिने विश्वासिलो नेतालाई मात्र भोट दिने बताएका छन् ।

भरतपुर वडा नम्बर १२ का भूमिहिन वीरबहादुर तामाङले वर्षौैँदेखि नेताहरूले आश्वासन मात्रै दिएको गुनासो गरे । आफूहरूले यस देशको नागरिक भएर पनि जग्गाधनी नहुुंँदा दोस्रो दर्जाको नागरिकको रुपमा बांँच्नुपरेको भन्दै तामाङले दुःखेसो व्यक्त गरे । भूमिहिनका अगुवाले अहिले यसपटक एकजुट भएको र आफ्नो मुख्य माग नै जग्गाधनी पुर्जा भएको बताएका थिए । अर्का भूमिहिन गोपाल विक अहिलेसम्म जग्गाधनी नहुंँदा दैनिक जीवनमानै असर परेको बताउँछन् ।

गुनासो सुनेपछि जवाफ दिँदै उम्मेदवार श्रेष्ठले आफूले चुनाव जितेमा जग्गाधनी जसरी पनि दिलाइ दिने प्रतिबद्धता व्यक्त गरे । ‘म पनि गरिखाने मान्छेको अभियान्ता हुंँ । मैले पनि तपाईहरूले जस्तै दुःख सङ्र्घष गरेर आएको व्यक्ति हो । मैले तपाईंहरूको पीडा नबुझे कसले बुझ्छ र ?’, श्रेष्ठले भने । लागि भूमिहिनको भोटको आवश्यक रहेकाले जिताएर सांसद बनाइ दिन आग्रह गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ८ : ३४ बजे

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै