चार महिनामा ८६ हजार पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्जको अवलोकन « Khabarhub

चार महिनामा ८६ हजार पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्जको अवलोकन


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

चितवन – वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७९/०८० को पहिलो चार महिनामा ८६ हजार छ सय ४३ पयर्टकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै नेपाली पर्यटक रहेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार पहिलो चार महिनामा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ६५ हजार पाँच सय २९ नेपाली, सार्क मुलुकका सात हजार सात सय ८६ र अन्य मुलुकका १३ हजार तीन सय २८ जना रहेका छन् । कोरोना कहर सामान्य हुँदै गर्दा निकुञ्जमा विदेशी पर्यटकको आउजाउ बढेको यो विवरणले देखाउँछ ।

दसैँ तिहारलगायतका चाडपर्वपछि पनि पर्यटकको सङ्ख्या बढेको पूर्वी नवलपरासीको लामीचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले बताए । घुम्न आउनेको सङ्ख्या बढ्दै गएपछि निकुञ्ज आसपासका होटल व्यवसायीसमेत उत्साही भएका छन् । अमलटारीमा होमस्टे सञ्चालन गर्दैै आएका छन्नुराम महतो आन्तरिक बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएकाले व्यवसायीमा समेत उत्साह थपिएको बताउँछन् ।

यसैबीच निकुञ्जले आर्थिक वर्षको चार महिनाको अवधिमा रु पाँच करोड ९८ लाख ६२ हजार नौ सय २१ राजस्व सङ्कलन गरेको सूचना अधिकारी तिवारीले जानकारी दिए । निकुञ्जले सबैभन्दा धेरै पर्यापर्यटनबाट रु पाँच करोड १५ लाख ४८ हजार तीन सय ५० राजस्व सङ्कलन गरेको हो । त्यस्तै यो अवधिमा निकुञ्जले दण्ड सजायबाट रु ५१ लाख ८६ हजार पाँच सय ४४ राजस्व सङ्कलन गरेको तिवारीले जानकारी दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : ५४ बजे

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

काठमाडौंमा मौसम खराब, एयर इन्डिया बनारस डाइभर्ट

काठमाडौं– काठमाडौंमा प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको

काठमाडौंमा ‘महोत्सव तथा बिजनेस एक्स्पो’ सुरु (तस्बिरहरू) 

काठमाडौं– काठमाडौं उद्योग वाणिज्य संघको आयोजना अनुसार बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै