चार महिनामा ८६ हजार पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्जको अवलोकन « Khabarhub

चार महिनामा ८६ हजार पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्जको अवलोकन


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

चितवन – वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७९/०८० को पहिलो चार महिनामा ८६ हजार छ सय ४३ पयर्टकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै नेपाली पर्यटक रहेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार पहिलो चार महिनामा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ६५ हजार पाँच सय २९ नेपाली, सार्क मुलुकका सात हजार सात सय ८६ र अन्य मुलुकका १३ हजार तीन सय २८ जना रहेका छन् । कोरोना कहर सामान्य हुँदै गर्दा निकुञ्जमा विदेशी पर्यटकको आउजाउ बढेको यो विवरणले देखाउँछ ।

दसैँ तिहारलगायतका चाडपर्वपछि पनि पर्यटकको सङ्ख्या बढेको पूर्वी नवलपरासीको लामीचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले बताए । घुम्न आउनेको सङ्ख्या बढ्दै गएपछि निकुञ्ज आसपासका होटल व्यवसायीसमेत उत्साही भएका छन् । अमलटारीमा होमस्टे सञ्चालन गर्दैै आएका छन्नुराम महतो आन्तरिक बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएकाले व्यवसायीमा समेत उत्साह थपिएको बताउँछन् ।

यसैबीच निकुञ्जले आर्थिक वर्षको चार महिनाको अवधिमा रु पाँच करोड ९८ लाख ६२ हजार नौ सय २१ राजस्व सङ्कलन गरेको सूचना अधिकारी तिवारीले जानकारी दिए । निकुञ्जले सबैभन्दा धेरै पर्यापर्यटनबाट रु पाँच करोड १५ लाख ४८ हजार तीन सय ५० राजस्व सङ्कलन गरेको हो । त्यस्तै यो अवधिमा निकुञ्जले दण्ड सजायबाट रु ५१ लाख ८६ हजार पाँच सय ४४ राजस्व सङ्कलन गरेको तिवारीले जानकारी दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : ५४ बजे

बाल संरक्षणसम्बन्धी नीति, तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको

नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घरदैलोमा पुर्‍याउन सुरू

काठमाडौं- नेपाल सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप