ट्र्याक्टरको ठक्करबाट एक वर्षिया बालिकाको मृत्यु  « Khabarhub

ट्र्याक्टरको ठक्करबाट एक वर्षिया बालिकाको मृत्यु 


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बर्दियाको बासगढी नगरपालिका–७ गौरीपारामा बुधबार साँझ ट्रयाक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय लक्ष्मी नारायण यादवको एक वर्षीया छोरी शिवानीजी रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

हिजो साँझ साढे ५ बजे आफ्नै घर अगाडी नम्बर नखुलेको ट्र्याक्टर पछाडि सार्ने क्रममा बालिकालाई ठक्कर दिएको थियो ।

दुर्घटनाबारे प्रहरीलाई खबर नगरी शव सतगद गर्दै गरेका मृतकका बुबा र ट्र्याक्टर चालक मनोज यादबलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जलाउँदै गरेको शव समेत प्रहरीले बरामद गरी पोष्टमार्टमका लागी गुलरियास्थित बर्दिया अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १२ : ३२ बजे

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला