केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ  « Khabarhub

केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ 


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

सोमबार काठमाडौंमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् । नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ । ५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ भने ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ । नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् । विदाई कार्यक्रममा मुख्य प्रशिक्षक प्रभाकरले टीममा यसअघि देखिएको कमी कमजोरीलाई सुधारेर लैजाने बताए । उनले प्रतियोगताका लागी राम्रो तयारी भएको र नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरे ।

त्यस्तै क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टीम नयाँ ऊर्जाका साथ अघि बढेको र उत्साहित रहेको बताए । उनले यो सिरिजमा राम्रो अपेक्षा गरेको बताए ।

त्यस्तै क्यान अध्यक्ष चन्दले नेपाली टोलीलाई थप अनुभव हासिल गर्न केन्या भ्रमण महत्वपूर्ण हुने बताए । सिरिजका लागि नेपालले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको थियो । 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ५ : १६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर