शेरबहादुर तामाङलाई पराजित गर्दै सिन्धुपाल्चोक-२ मा कांग्रेसका बस्नेत विजयी « Khabarhub

शेरबहादुर तामाङलाई पराजित गर्दै सिन्धुपाल्चोक-२ मा कांग्रेसका बस्नेत विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन्। उनले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन्।

बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गरेका छन्। कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याएका जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए।

सिन्धुपाल्चोक-२ मा कांग्रेसले पहिलोपटक जीत निकालेको हो। तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जितेका थिए।

सिन्धुपाल्चोक-२ को प्रदेशसभा (१) मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा (२) मा माओवादी केन्द्रकै कृष्णकुमार तामाङ निर्वाचित भएका छन्।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ०० बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको