६ महिनाभित्र बियरको खाली बोतल हटाउन निर्देशन « Khabarhub

६ महिनाभित्र बियरको खाली बोतल हटाउन निर्देशन


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

लमजुङ– दोर्दी गाउँपालिकाभित्रका होटल तथा रेष्टुरेन्टमा रहेका बियरलगायत सिसाका खाली बोतल आगामी ६ महिनाभित्रमा नहटाएमा बियर बिक्री वितरण गर्न रोक लगाउने गाउँपालिकाले निर्णय गरेको छ । दोर्दी गाउँपालिका-४ नौथर सेरामा बसेको गाउँपालिकाको आठौं  गाउँपालिका बैठकले उक्त निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।  

गाउँपालिकाभित्रका विभिन्न होटल तथा रेष्टुरेण्टमा विभिन्न कम्पनीहरूका बियर लगायत अन्य सिसाका बोतलमा ल्याइएका पेय पदार्थहरूको बोत्तलले गाउँपालिकाका बजार कुरुप बन्दै गएकाले ६ महिनाभित्रमा हटाई सक्नुपर्ने वा फिर्ता लैजानु पर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । 

त्यस्तै, सो बैठकले गाउँपालिकाको गाउँसभा आगामी  २८ र २९ पुस गर्ने निर्णय गरेको छ । त्यस्तै, लिपे मेमेपोखरी पदमार्ग निर्माण गर्न, फोहोर व्यवस्थापन तथा कम्पोष्ट मल बनाउने स्थल निर्माण, गाउँपालिका स्तरीय १५ सैयाको अस्पताल भवन निर्मााण गर्न आवश्यक जग्गा माग गर्न, राष्ट्रिय योजना आयोगमा पेश गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । एउटा चारपाङ्ग्रे सवारी साधन कार्यालय प्रयोजनका लागि भाडामा लिने निर्णय गरेको छ । सो बैठकले मौरी पकेट क्षेत्रका लागि वडा नं. ९ हिले टक्सार र लघु उद्यम विकास कार्यक्रमको लागि वडा नं। ८ बन्सारलाई छनौट गर्ने निर्णय गरेको छ ।

त्यस्तै, गाउँपालिकाभित्र सञ्चालित विभिन्न सहकारीहरु पालिकामा दर्ता गराउने, गाउँपालिकामा मालि राख्ने, दिर्घ रोगीहरुलाई आर्थिक सहयोग गर्ने, जग्गा वर्गीकरण गर्ने, पालिकाले प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापन गर्ने लगायत १८ वटा निर्णयहरू गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्शेर गुरुङले बताए ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ५ : १३ बजे

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा