दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा दाहाल, ओली र देउवाबीच सङ्क्रमणकालीन न्यायका विषयमा छलफल, एमालेको चियापानमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा सहभागी, प्रस्तावित क्यानडाका राजदूत पौडेलको संसदीय सुनुवाइ प्रक्रिया सुरु, उपनिर्वाचनबारे सरकारलाई आयोगको परामर्श-राष्ट्रियसभाको माघमा र बाँकी वैशाखमा गर्नू, संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस न्यूयोर्क प्रस्थान, रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चले बिहीबार निर्णय सुनाउने, राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटुवा नहुनेलगायतका समाचारले प्रमुख स्थान पाए ।

दाहाल, ओली र देउवाबीच सङ्क्रमणकालीन न्यायका विषयमा छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेताहरूबीच सङ्क्रमणकालीन न्यायको विषयमा सहमति जुटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमालेको चियापानमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा सहभागी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापानमा सहभागी भएका छन् ।

पुराना ऐनहरु समय सापेक्षित रुपमा सच्चाउन आवश्यक : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको विकासका लागि यस सम्बन्धी पुराना ऐन तत्काल संशोधन गर्नुपर्ने बताएका छन् । आज यहाँ नेपाल पर्वतारोहण सङ्घको ५०औँ वार्षिकोत्सव समारोहमा उनले ऐन संशोधनसँगै विदेशी पर्यटकप्रति गर्ने व्यवहारमा सुधार गर्नुपर्ने बताए।

प्रस्तावित क्यानडाका राजदूत पौडेलको संसदीय सुनुवाइ प्रक्रिया सुरु
सङ्घीय संसद् सुनुवाइ समितिले प्रस्तावित क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले प्रस्तावित राजदूत पौडेलको सुनुवाइ प्रक्रिया अघि बढाउने सिलसिलामा १० दिने सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो ।

उपनिर्वाचनबारे सरकारलाई आयोगको परामर्श-राष्ट्रियसभाको माघमा र बाँकी वैशाखमा गर्नू
निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त हुने स्थानको निर्वाचन आगामी माघको दोस्रो साता र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचन वैशाखमा गर्न नेपाल सरकारलाई परामर्श दिएको छ ।

पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद टुङ्ग्याइने छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्‍याइने बताएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस न्यूयोर्क प्रस्थान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी आज न्यूयोर्क प्रस्थान गरेका छन् ।

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे ।

हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्ने बताएका छन् ।

रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चले बिहीबार निर्णय सुनाउने
संविधान दिवसमा कैद सजाय मिनाहा पाएका रिगल ढकालको मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ ।

कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरू सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउन आदेश दिएको हो ।

शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्ने बताएका छन् ।

बुधबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्ने बताएका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटुवा नहुने
राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटुवा नहुने भएको छ । मानव अधिकार आयोगको विश्वव्यापी गठबन्धनले राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ए’ ग्रेडमै राख्ने भएको हो ।

यसअघि तह घटुवाको चेतावनी पाएको राष्ट्रिय मानव अधिकार आयोगलाई ग्लोबल अलायन्स फर नेसनल ह्युमन राइट्स इन्स्टिट्युसन  ले सर्तसहित ‘ए’ ग्रेडमै राखेको हो ।

राजस्व संकलन विधेयक प्रदेशसभामा प्रस्तुत हुँदै
कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशको राजस्व संकलन विधेयक, २०८० प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ । करिब दुई महिनाअघिदेखि फैलिएको डेङ्गु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार मात्रै एक सय ८२ जना नयाँ डेङ्गु सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ९ : ०१ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि