प्रजातान्त्रिक योद्धा राईका बारेमा थप अध्ययन गर्न आवश्यक « Khabarhub

प्रजातान्त्रिक योद्धा राईका बारेमा थप अध्ययन गर्न आवश्यक


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रजातान्त्रिक योद्धा रामप्रसाद राईबारे थप खोजी, अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको बताएका छन् । रामप्रसाद राईको ११४ औं जन्मजयन्तीका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले तथ्यपरक र खोजमूलक अनुसन्धान गर्न आग्रह गरे । 

‘रामप्रसाद राईको योगदानका बारेमा इतिहास यथार्थपरक आउन सकेको छैन,’ उनले भने, ‘तथ्यपरक, खोजमूलक अनुसन्धानका लागि अध्येता लागिरहनुभएको छ, त्यस्ता लिखत, कृति प्रकाशन गर्न आवश्यक छ ।’

रामप्रसाद राई प्रतिष्ठान लगायतका कतिपय संस्था र व्यक्तिहरूले राईलाई राष्ट्रिय विभूतिका रुपमा सम्मान गरियोस् भन्ने मागमा आफ्नो सकारात्मक पहल रहने सभामुखको भनाइ छ । 

उनले रामप्रसाद राई लगायतका सहिदहरुको चाहना अनुसार व्यवस्थामा परिवर्तन भए पनि अझै अवस्थामा परिवर्तन हुन नसकेको उल्लेख गरे । सभामुख घिमिरेले रामप्रसाद राईको योगदानलाई सजीव रुपमा प्रस्तुत गर्न नाटक मञ्चन हुन लागेको खबरले आफूलाई खुसी तुल्याएको बताए । 

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ४ : ०२ बजे

जमातलाई नजरअन्दाज गरे नीति महाधिवेशनबाट नेतृत्व चयन हुन्छ : श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले पार्टी नेतृत्व

इरानमाथि आक्रमणका विकल्पबारे छलफलमा ट्रम्प, निर्णय लिन बाँकी

तेहरान– इरानमा पछिल्लो दुई हप्तादेखि सरकारविरोधी प्रदर्शन जारी छ। यसैबीच

सिपाही–सेलिब्रेटी बनेका प्रशान्तको बलिउड सपना अधुरै

काठमाडौं- प्रशान्त तामाङ (४ जनवरी १९८३ – ११ जनवरी २०२६) भारतमा जन्मिएका

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने