मानहानीको फैसलाविरुद्ध राहुल गान्धीले पुनरावेदन गर्ने « Khabarhub

मानहानीको फैसलाविरुद्ध राहुल गान्धीले पुनरावेदन गर्ने


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गुजरातको एक अदालतबाट मानहानी मुद्दामा दोषी ठहरिएका भारतीय कांग्रेसका नेता राहुल गान्धीले पुनरावेदन गर्ने भएका छन् ।

गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई यही चैत ९ गते मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । नेता गान्धीले सेसन कोर्टको उक्त सजायविरुद्ध भोलि पुनरावेदन गर्ने उनको पार्टीका वरिष्ठ नेताहरूले बताएका छन् ।

“तल्लो अदालतको आदेशलाई चुनौती दिँदै भोलि सुरत अदालतमा अपील दायर गरिनेछ, राहुल गान्धी पनि त्यहाँ उपस्थित हुनुहुनेछ,” नेता गान्धीको कानूनी समूहका एक सदस्यले नाम सार्वजनिक नगर्न अनुरोध गर्दै पीटीआईलाई भनेका छन् ।

उच्च अदालतमा पुनरावेदन गर्न उक्त अदालतले उनलाई अवसर दिँदै ३० दिनको लागि सजाय स्थगन गरेको थियो । मानहानी मुद्दामा दोषी ठहर गरेपछि लोकसभा सदस्य गान्धी अयोग्य घोषित हुँदै पदमुक्त भएका थिए । बाउन्न वर्षीय गान्धीलाई भारतीय दण्ड संहिता आइपीसीको धारा ४९९ र ५०० अन्तर्गत अदालतले दोषी ठहर गरेको थियो ।

सत्तारुढ भारतीय जनता पार्टी भाजपाका नेताहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गान्धीले गरेको टिप्पणीका कारण समस्त मोदी थर भएका र पिछडिएका वर्गको मानहानी भएको बताउँदै आएका छन् । सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भनेका थिए । उनले भारतका भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेका थिए ।

नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानी भएको जिकिर गर्दै भाजपाका विधायक एवम् गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : १५ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने