दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

आज दिनभर गठबन्धनले कोशीको मुख्यमन्त्रीमा कांग्रेसका थापालाई अघि सार्ने, सीआईबीद्वारा ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ, मतपत्रमा ‘कसैलाई पनि भोट दिन्नँ’ भन्ने विकल्पको व्यवस्था गर्न आयोगको प्रस्ताव, सार्वजनिक रुपमा पार्टीका नीति र नेतृत्वको विरोध नगर्न नेता कार्यकर्तालाई कांग्रेसको निर्देशन, प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बरमा, नेप्सेमा दोहोरो अङ्कको गिरावटलगायतका समाचारले प्रमुख स्थान पाए

गठबन्धनले कोशीको मुख्यमन्त्रीमा कांग्रेसका थापालाई अघि सार्ने

सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकले थापालाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गर्दै त्यही अनुसारको तयारी गर्न निर्देशन दिने निर्णय गरको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डले जानकारी दिए ।

मतपत्रमा ‘कसैलाई पनि भोट दिन्नँ’ भन्ने विकल्पको व्यवस्था गर्न आयोगको प्रस्ताव

निर्वाचन आयोगले चुनावमा कसैलाई पनि भोट दिन्नँ भन्ने व्यवस्थाका लागि प्रस्ताव अघि सारेको छ ।

सोमबार बसेको आयोगको बैठकले निर्वाचनसम्बन्धी कानून परिमार्जन गरी निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गृह मन्त्रालयमार्फत् पेश गर्न लागेको हो ।

सार्वजनिक रुपमा पार्टीका नीति र नेतृत्वको विरोध नगर्न नेता कार्यकर्तालाई कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई सार्वजनिक रुपमा पार्टीको नीति र नेतृत्वको विरोध नगर्न निर्देशन दिएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेता कार्यकर्तालाई पार्टीको नीति र नेतृत्वको विरोध नगर्न निर्देशन दिएको हो ।

‘पार्टीको नीति र नेतृत्वको सार्वजनिकस्थलमा विरोधका अभिव्यक्ति नदिन पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ,’ केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको विभागको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

सीआईबीद्वारा ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन्  ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार थप दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बरमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ ।

नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे जानकारी दिएका हुन् । प्रधानममन्त्री प्रचण्ड आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने कार्यक्रम तय भएको मन्त्री साउदको भनाइ छ ।

गरिब र विपन्नलाई सुलभ र सहज उपचार दिलाउन सरकार दृढ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब र विपन्नलाई सुलभ र सहज रूपमा उपचार दिलाउन सरकार दृढ सङ्कल्पित रहेको बताएका छन् ।

लोकसेवाबाट लिइएको परीक्षामा उत्तीर्ण भई स्थायी नियुक्ति पाएका स्टाफ नर्सलाई सम्बोधन गर्दै उनले आगामी पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य उपचारको पहुँच पुर्‍याउन प्रयत्न भइरहेको जानकारी दिए ।

अदालतका कर्मचारी र कानून व्यवसायीबीचको विवाद चर्कँदै जाँदा अदालती काम नै प्रभावित

ललितपुर जिल्ला अदालतमा कर्मचारी र कानून व्यवसायीबीच भएको विवाद चर्कँदै गएको छ । अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरका अदालतका कर्मचारीले काम रोकेपछि कानून व्यवसायीहरुले पनि बहस पैरवी छाडेर घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले सोमबार ललितपुर जिल्ला अदालतको प्राङ्गणमा कानून व्यवसायीमाथिको आक्रमण, झुठा मुद्दा, अदालतमा भएका विकृति विसंगति, घुसखोरी र भ्रष्टाचारको विरुद्धमा भन्दै विरोध सभा गरेका हुन् । उनीहरुले उक्त घटनाको छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र कानून व्यवसायी अमिर लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।

माधव नेपाल श्रीलंका प्रस्थान

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका प्रस्थान गरेका  छन् ।

उनी श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठक र सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेकपा एसको कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष पाण्डेलाई

नेकपा एकीकृत समाजवादी पार्टीको कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन् ।

अध्यक्ष माधवकुमार नेपाल श्रीलंका प्रस्थान गरेकाले उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

नेपाली परिवेशमा हिन्दुराष्ट्र अनिवार्य आवश्यकता छ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल जस्तो भूराजनीतिक अवस्था एवम् सामाजिक, सांस्कृतिक परिवेशमा हिन्दुराष्ट्र अनिवार्य आवश्यकता भएको बताएका छन् ।

आज पार्टीको अनुसन्धान तथा योजना विभागद्वारा काठमाडौंमा आयोजित हिन्दराष्ट्र : अवधारणा र औचित्य विषयक अन्तक्रिर्यामा कार्यपत्र प्रस्तुत गर्दै थापाले हिन्दुराष्ट्रको अवधारणालाई सहि अर्थमा बुझ्नु र बुझाउन जरुरी भएको चर्चा गरे । अज्ञानतामा आधारित प्रोपोगन्डा तथा बाह्य शक्ति र उग्रवामपन्थीको षड्यन्त्रबाट मुक्त हुन जरुरी भएको भएको भन्दै थापाले हिन्दुराष्ट्र नेपालको गौरव भएको समेत बताए ।

लघुवित्तको वित्तीय सेवासम्बन्धी गुनासो सुन्न राष्ट्र बैंकद्वारा डेस्क स्थापना

नेपाल राष्ट्र बैंकले लघुवित्तको वित्तीय सेवासम्बन्धी समस्या सम्बोधनका लागि गुनासो सुनुवाइ डेस्कको स्थापना गरेको छ ।

लघुवित्त वित्तीय संस्थासँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासोका लागि डेस्कको स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि हट्दैन : महरा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले वर्तमान सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महराले नक्कली भुटानी शरणार्थीदेखि ललिता निवास प्रकरणसम्म पुग्दा सरकार अडिग भएर अघि बढेको बताए । उनले वर्तमान सरकार सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने पनि उल्लेख गरे ।

गिरिजाबाबुको जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा हुँदैन : नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइरालामा जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा नहुने बताएका छन् ।

स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा बिपी कोइराला युवा नेतृत्व मञ्चले आज आयोजना गरेको रक्तदान कार्यक्रममा उनले गिरिजाबाबु अदम्य साहस र निर्णय क्षमता भएका नेता रहेको स्मरण गरे ।

राष्ट्रियसभाले ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ लाई पारित गरेको छ ।

सोमबार बसेको राष्ट्रियसभा बैठकले उक्त विधेयक पारित गरेको हो ।

अविरल वर्षापछि आएको बाढीले हुम्लाका तीन घरमा क्षति

सोमबार बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले हुम्लाका तीन घरमा क्षति पुर्‍याएको छ । जिल्लाको नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले क्षति पुर्‍याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिए ।

आज बिहान परेको भीषण वर्षापछि आएको बाढीले पेमा छिरिङ लामा, लुन्डुप रिञ्जिन लामा र छोईकी लामाको घरमा क्षति पुर्‍याएको हो । लेदोसहितको भल घरभित्र पसेपछि सामान, अन्नपात, भाँडाकुडा, लत्ताकपडालगायतका सामग्रीमा क्षति पुर्‍याएको उनको भनाइ छ । लुन्डुप रिन्जिन लामाको घरमा एकातर्फको पर्खाल भत्किएर घरभित्र लेदो पसेको थियो ।

रोमानिया पठाइदिने प्रलोभन देखाएर ४ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

रोमानिया पठाइदिन्छु भन्दै ४ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा घर भई हाल काठमाडौँको बाफल बस्ने २० वर्षीय ससिनकुमार थापा रहेको प्रहरीले जनाएको छ ।

नेप्सेमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले ओरालो लागेर दुई हजार ७५ दशमलव ९७ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव १७ अङ्कले ओरालो लागेर तीन सय ८६ दशमलव ३५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा बृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ८ : ५९ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा