दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दिनभर आज प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता, कोशीमा तीन मन्त्रीको जिम्मेवारी तोकियो, दुर्गा प्रसाईंले ‘नागरिक सरकार’ गठन गर्ने, नेकपा एसका सम्मानित नेता खनाल र चिनियाँ राजदूत सङबीच भेटवार्ता, रवि लामिछानेको स्वीकारोक्ति : रास्वपामा क्षेत्री, बाहुन र पुरुषको बाहुल्यता देखियो, समानुपातिकको बन्दसूचीमा नाम रहेको व्यक्ति राष्ट्रियसभाको उम्मेदवार बन्न नपाउनेलगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप–२८) मा सहभागी भई स्वदेश फिर्ता भएका छन् ।

(कोप-२८) मा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत बिहीबार यूएई गएका थिए ।

कोशीमा तीन मन्त्रीको जिम्मेवारी तोकियो

कोशी प्रदेशका तीन मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्री केदार कार्कीले यसअघि बिना विभागीयको जिम्मेवारीमा रहेका तीन मन्त्रीको जिम्मेवारी तेकेका हुन् ।

दुर्गा प्रसाईंले ‘नागरिक सरकार’ गठन गर्ने

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नागरिक सरकार गठन गर्ने घोषणा गरेका छन् ।

आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले मंसिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाँउगाँउ वडादेखि आफूहरुको अभियानलाई शसक्त बनाउने निर्णय गरिएको जानकारी दिए ।

नेकपा एसका सम्मानित नेता खनाल र चिनियाँ राजदूत सङबीच भेटवार्ता

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले भेटवार्ता गरेका छन् ।

उनीहरुबीच आइतबार बिहान खनाल निवास डल्लुमा भेटवार्ता भएको हो ।

रवि लामिछानेको स्वीकारोक्ति : रास्वपामा क्षेत्री, बाहुन र पुरुषको बाहुल्यता देखियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा क्षेत्री–बाहुन, अर्थात् खसआर्यको बाहुल्यता देखिएको बताएका छन् । पार्टीमा पुरुषहरु समेत हावी भएको लामिछानेको स्वीकारोक्ति छ । पार्टीभित्रको यो अवस्थालाई उनले ‘ठूलो कमजोरी’ भन्दै सच्याउनुपर्ने बताएका छन् ।

यसै साता महोत्तरीको जलेश्वरमा सम्पन्न रास्वपाको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै सभापति लामिछानेले भनेका छन्, ‘केन्द्रदेखि वडासम्मको संरचनामा हाम्रो पार्टीमा खस आर्य तथा पुरुषहरुको बाहुल्यता देखिएको छ । समावेशितालाई व्यवहारमा लागू गर्न नसक्नु हाम्रो ठूलो कमजोरी हो ।’

समानुपातिकको बन्दसूचीमा नाम रहेको व्यक्ति राष्ट्रियसभाको उम्मेदवार बन्न नपाउने

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरुको उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांश अनुसार उम्मेदवार बन्न नपाउने जानकारी दिएको हो ।

कर्णाली नदीमा २ सय ४८ किलोमिटर र्‍याफ्टिङ दौड प्रतिस्पर्धा हुने

अन्तर्राष्ट्रिय स्तरको सवैभन्दा लामो र्‍याफ्टिङ दौड प्रतिस्पर्धा ‘द ग्रेट कर्णाली क्वेस्ट’ कर्णाली नदीमा आयोजना हुने भएको छ ।

नेपाल एसोसिएन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ‘द ग्रेट कर्णाली क्वेस्ट’ आगामी मार्च ८ देखि १३ सम्म कर्णाली नदीमा आयोजना हुने जनाएको हो ।

अर्थ मन्त्रालयको निर्णय : सडक बत्तीको महशुल बक्यौता पालिकाहरुबाटै असुल गर्नू

अर्थ मन्त्रालयले सडक बत्तीको महशुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयको कात्तिक २२ गतेको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असूलउपर गर्न निर्देशन दिइएको हो ।

बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक दिउँसो १ बजे हेटौँडामा बस्ने बताइएको छ ।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक बोलाएका हुन् ।

दोलखामा बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ

दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्किएर एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षिय सन्जीव सार्की रहेका छन् । प्रहरीका अनुसार जंगलमा सिकार खेल्न गएका बेला भरुवा बन्दुक पड्किँदा उनको मृत्यु भएको हो ।

उनी आफैंले बोकेको भरुवा बन्दुकबाट अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो । घाइते सार्कीलाई तामाकोशी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल ल्याइएको थियो ।

मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान गर्न आग्रह

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीयले मध्यवर्ती क्षेत्र खारेजी गर्न माग गर्न थालेपछि सङ्घीय सांसदको टोलीले जिल्लाका सरोकारवालासँग छलफल सुरु गरेको छ ।

राष्ट्रियसभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल (पार्वती) नेतृत्वको टोलीले जिल्लामा छलफल गर्दै निकुञ्ज ऐन संशोधनका लागि सरकारलाई सुझाव दिने जनाएको छ ।

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ ।

प्रदेश सरकारको कुल २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालु आर्थिक वर्षमा सडक, मोटेरेबल पुल, भवन र झोलुङ्गे पुलसम्बन्धी एक हजार चार सय योजना कार्यान्वयन गर्दैछ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारकाे तुलनामा आजको मूल्य तोलाको १ हजार ८०० रुपैयाँले बढी हो । जुन अहिले सम्मकै उच्च मूल्य हो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ९ : ०५ बजे

तरकारी बिक्रीबाट दैनिक दुई हजार रुपैयाँ आम्दानी

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट

सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

बेरुत – बुधबार टार्टस प्रान्तमा सुरक्षा बलले अपदस्थ नेता बशर

कर्णाली डेभलपमेण्ट बैंकको कारोबार रोक्का 

काठमाडौं– शेयर बजारमा कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको कारोबार रोक्का भएको

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  नेपाल

सहकारी ठगीमा रविसहितका प्रतिवादीको बयान जारी

पोखरा– कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको बयान आज पनि