दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति, अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता, संसदीय समिति बङ्गलादेश भ्रमणमा, आपसी सद्भाव कायम गर्न अध्यक्ष ओलीको आग्रह, बझाङ भूकम्प पीडितहरुको उद्धार र राहतमा जुट्न कांग्रेसको माग, भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने, गोरखामा आमाको नामबाट नागरिकता दिन सुरुलगायतका समाचारले प्रमुख स्थान पाए । 

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ । बुधबार सिहंदरबारस्थित अध्यक्षको कार्यकक्षमा अध्यक्ष तिमिल्सिना र नेपाल भ्रमणमा रहेका सभामुख डिकबीच भेटवार्ता भएको हो ।

जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति
सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई मुलुकसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र सोसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री शरत्सिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई तोकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भइसकेको बताएका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित कांग्रेसको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने बताए ।

वर्तमान गठबन्धनले कांग्रेसबिना कुनै काम गर्न सक्दैन : माधव नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान गठबन्धनले कांग्रेस बिना कुनै पनि काम गर्न नसक्ने बताएका छन् ।

मेची महाकाली समाजवादी जागरण अभियानको क्रममा धनुषाको जनकपुरधाम पुग्नुभएका अध्यक्ष नेपालले समाजवादी प्रेस संगठन मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस बिनाको सरकारको कल्पना समेत अहिले गर्न नसक्ने बताएका हुन् ।

संसदीय समिति बङ्गलादेश भ्रमणमा
कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन सर्मिन चौधरीसँग शिष्टाचार भेट गरेको छ ।

सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता

सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले शिष्टाचार भेट गरेका छन् ।

बुधबार सिंहदरबारस्थित सभामुख कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ ।

आपसी सद्भाव कायम गर्न अध्यक्ष ओलीको आग्रह
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले पछिल्लो समय धार्मिक विवादमा नेपालगञ्जलगायत विभिन्न भागमा फैलिएको अशान्तिले सद्भाव र सहिष्णुतामा खलल पुगेको भन्दै एक आपसमा सद्भाव र धार्मिक आस्थाको सम्मान गर्न आग्रह गरेका हुन् ।

कोशीका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आउँदो शुक्रबार प्रदेशसभाबाट विश्वास मत लिने तयारी गरेका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले १९ असोज शुक्रबार बस्ने प्रदेशसभभा बैठकमा विश्वासको मतको प्रस्ताव गर्नेबारे छलफल भएको छ ।

बझाङ भूकम्प पीडितहरुको उद्धार र राहतमा जुट्न कांग्रेसको माग
नेपाली कांग्रेसले युद्धस्तरमा बझाङ भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा जुट्न सरकारसँग माग गरेको छ ।

बागमतीमा राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सदस्यहरूसँग छलफल
बागमती प्रदेशमा राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सदस्यसँग छलफल गरिएको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, नेवाः देय् दबु स्वनिगः विशेष प्रदेश र नेपाल तामाङ घेदुङ बागमती प्रदेशको संयुक्त आयोजनामा भएको छलफलमा प्रदेशसभामा प्रस्तुत बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक २०८० को व्यवस्था, संशोधनको व्यहोरा, संशोधनको कारण र आधारसहितको संशोधन प्रस्तावबारे प्रस्तुतीकरण गरिएको थियो ।

गोरखामा आमाको नामबाट नागरिकता दिन सुरु
जिल्ला प्रशासन कार्यालय गोरखाले आमाको नामबाट वंशजका आधारमा नागरिकता प्रदान गर्न सुरु गरेको छ ।

सो कार्यालयले मंगलबार भीमसेन थापा गाउँपालिका–१, मसेलका १९ वर्षीय मन्जित बानियाँलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता प्रदान गरी जिल्लामा पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने
सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८०(८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दशैँ परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
राष्ट्रिय मानव अधिकार आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्तिसुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन सबै पक्षलाई अपिल गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : ०१ बजे

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको