हामी सदैव समावेशिताको पक्षमा छौँ : सभापति देउवा « Khabarhub

हामी सदैव समावेशिताको पक्षमा छौँ : सभापति देउवा


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सदैव समावेशिताको पक्षमा रहेको बताएका छन् ।

२९ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ,सभापति देउवाले अहिले मुलुकमा समावेशी संविधान बनेको र कांग्रेस पनि समावेशिताको पक्षमा उभिएको बताएका हुन् ।

नेपाल जातजाति, भेषभूषा र कला संस्कृतिले पनि भरिपूर्ण रहेको र यी सबै कुराहरु देशको सम्पती भएको उनले बताए । उनले नेपालको कला संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै मुलुकलाई बहुसांस्कृतिक देशका रुपमा चिनाउनुपर्ने धारणा राखे ।

त्यस्तै उनले संविधानमा उल्लेख समावेशीताको विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ७ : १९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति