एन्फाको विशेष साधारण सभा आज, अध्यक्षमाथिको अविश्वास प्रस्तावमा मतदान हुने « Khabarhub

एन्फाको विशेष साधारण सभा आज, अध्यक्षमाथिको अविश्वास प्रस्तावमा मतदान हुने


२३ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा आज हुँदैछ । मकवानपुरको हेटौँडास्थित रोयल पार्टी प्यालेसमा हुने साधारण सभामा अध्यक्ष पंकज बिक्रम नेम्वाङमाथि लागेको अविश्वास प्रस्तावको छिनोफानो हुनेछ । 

आजको साधारण सभामा अध्यक्ष नेम्वाङमाथिको अविश्वास प्रस्तावमाथि मतदान हुने बताइएको छ । मतदानमा एन्फाका १०५ मध्ये ८७ सदस्यले मतदान गर्ने छन् । 

एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तगीको मागसहित अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

एन्फा विधान अनुसार अध्यक्षसहित पदाधिकारी बर्खास्तगीका लागि दुई तिहाई मत आवश्यक पर्छ । एन्फाको मतभार अनुसार नेम्वाङलाई हटाउन ५८ सदस्यको मत आवश्यक पर्दछ ।

अध्यक्षविरुद्ध दुई तिहाइ पुर्याउन संस्थापन इतरलाई अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सदस्यसहित थप ९ मत आवश्यक छ ।

असोज १७ गते बसेको एन्फाको आपतकालीन बैठकले बर्खास्तगीको प्रस्ताव फेस गर्न मकवानपुरको साधारणसभा बोलाएको थियो । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ६ : ५४ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा