एन्फाको विशेष साधारण सभा आज, अध्यक्षमाथिको अविश्वास प्रस्तावमा मतदान हुने « Khabarhub

एन्फाको विशेष साधारण सभा आज, अध्यक्षमाथिको अविश्वास प्रस्तावमा मतदान हुने


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा आज हुँदैछ । मकवानपुरको हेटौँडास्थित रोयल पार्टी प्यालेसमा हुने साधारण सभामा अध्यक्ष पंकज बिक्रम नेम्वाङमाथि लागेको अविश्वास प्रस्तावको छिनोफानो हुनेछ । 

आजको साधारण सभामा अध्यक्ष नेम्वाङमाथिको अविश्वास प्रस्तावमाथि मतदान हुने बताइएको छ । मतदानमा एन्फाका १०५ मध्ये ८७ सदस्यले मतदान गर्ने छन् । 

एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तगीको मागसहित अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

एन्फा विधान अनुसार अध्यक्षसहित पदाधिकारी बर्खास्तगीका लागि दुई तिहाई मत आवश्यक पर्छ । एन्फाको मतभार अनुसार नेम्वाङलाई हटाउन ५८ सदस्यको मत आवश्यक पर्दछ ।

अध्यक्षविरुद्ध दुई तिहाइ पुर्याउन संस्थापन इतरलाई अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सदस्यसहित थप ९ मत आवश्यक छ ।

असोज १७ गते बसेको एन्फाको आपतकालीन बैठकले बर्खास्तगीको प्रस्ताव फेस गर्न मकवानपुरको साधारणसभा बोलाएको थियो । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ६ : ५४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ