एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मीको उम्मेदवारी दर्ता « Khabarhub

एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मीको उम्मेदवारी दर्ता


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्य उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय वानेश्वर पुगेकी थिइन्।

अध्यक्ष ओलीसहित नेताहरु सुवास नेम्वाङ, शङ्कर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्ट लगायत संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका थिए।

आज बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको यो दोस्रो पटक हो । यसअघि २०६५ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि उनलाई उम्मेदवार बनाएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १२ : ५० बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर