दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा सुन तस्करी प्रकरण: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन, संघीय सरकारविरुद्ध अदालत जाने बागमती प्रदेश सरकारको निर्णय, जनतालाई परिणाम दिन जोखिम मोल्न तयार हुनुपर्नेमा प्रधानमन्त्रीको जोड, विद्यालय शिक्षा विधेयक संसदमा दर्ता, एसईई नरहने प्रस्ताव, काठमाडौँमा राप्रपाको विरोध प्रदर्शन, नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो, कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, एमाले महासचिव पोखरेल स्वदेश फिर्तालगायतका समाचारले प्रमुख स्थान पाए ।

काठमाडौँमा राप्रपाको विरोध प्रदर्शन
गौवंश हत्याको विरोध, भ्रष्टाचारका काण्डको पूर्ण छानविन गर्नुपर्ने लगायतका माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले उपत्यका केन्द्रित विरोध प्रदर्शन गरेको छ ।

ऊर्जा क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्री बस्नेतको आग्रह

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन् ।

मन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ताका लागि आएका माथिल्लो त्रिशूली एक आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एवम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमलाई उक्त आग्रह गरिएको हो ।

‘जनतालाई परिणाम दिन जोखिम मोल्न तयार हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै आफ्नो कार्यादेशअनुसार जोखिम उठाउन कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।

सफल प्रयोग हुन नसके संघीयता खारेज हुनसक्छ : नेता खनाल
पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सफल रुपमा प्रयोग हुन नसके संघीयता खारेज हुन सक्ने अभिव्यक्ति दिएका छन् ।

जनकपुरधाममा बुधबार सञ्चारकर्मीसँग उनले प्रयोगकै चरणमा रहेको संघीयता सफल रुपमा कार्यान्वयन नभए खारेज हुन सक्ने अभिव्यक्ति दिएका हुन् ।

संघीय सरकारविरुद्ध अदालत जाने बागमती प्रदेश सरकारको निर्णय
बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध अदालत जाने निर्णय गरेको छ ।

बागमती प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै संघविरुद्ध मुद्दा हाल्ने निर्णय गरेको हो ।

सुन तस्करी प्रकरण : सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

५० जनालाई प्रतिवादी बनाएको सीआईबीले उनीहरूविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार पाँच सय ५२ रुपियाँबराबरको बिगो दाबी गर्दै मुद्दा चलाउन रायसहितको प्रतिवेदन बुझाएको हो।

एमाले महासचिव पोखरेल स्वदेश फिर्ता

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण सो पार्टीका महासचिव शंकर पोखरेल आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किएका छन् ।

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो
हृदयघातका कारण निधन भएका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलबाट घर लगिएको छ।

सोमबार राति निधन भएका एमाले उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर मंगलबारदेखि आज दिउँसोसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो।

देशलाई दुर्घटनाबाट जोगाउन राजालाई स्पेश दिनुपर्छ : अध्यक्ष लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्ने बताएका छन् ।

पार्टीले बुधबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले राजालाई अभिभावकीय भूमिकामा राखेर देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गर्न दलहरूलाई आग्रह समेत गरे ।

विद्यालय शिक्षा विधेयक संसदमा दर्ता, एसईई नरहने प्रस्ताव

सरकारले प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेको छ ।

आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेका हुन् । साउन १६ गते नै मन्त्रीपरिषद् बैठकले शिक्षा विधेयक संसदमा पेस गर्न दिएको विधेयक आज दर्ता भएको हो ।

‘बीपीको विचारलाई अवलम्बन गरेमात्रै पार्टी र सरकार बलियो हुन्छ’
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले बिपीको विचारलाई अवलम्बन गरेर अगाडि बढ्नसके मात्रै पार्टी र सरकार बलियो हुने बताएका छन् ।

बीपी स्टडी युथ सर्कलले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘बीपी जयन्तीका अवसरमा देशैभरिका युवाको विशेष विचार सम्मेलन’मा उनले आफूमा भएको अहमतालाई त्याग्न नसकेका कारण बिग्रनेक्रम सुरु भएको बताएका हुन् ।

‘प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा कांग्रेस कार्यकर्ताले चित्त दुखाउन हुँदैन’ 
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस लोकतान्त्रिक र प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी भएकाले द्वन्द्वमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशको समृद्धितर्फ अगाडि बढिरहेको बताएका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोग उपाध्यक्ष श्रेष्ठसँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई पछि सारिएको छ ।

आउँदो २ असोजका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक ४ असोज दिउँसो १ बजे बस्नेगरी सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

लेबल नराखिएका जार र बोतलको पानी खरिद नगर्न महानगरको आग्रह
काठमाडौं महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै प्रशोधित पानीका नाममा गुणस्तरहीन पानीको बिक्री(वितरण भइरहेको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ८ : ५९ बजे

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा

सत्तापक्षको अडान : गृहमन्त्रीको राजीनामा नमाग्ने सर्तमा छानबिन समिति बन्छ

काठमाडौं– संसदीय छानबिन समिति बनाएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको

सन्दीपले सफाइ पाउँदा स्वागतसँगै सुनियो विरोधको चर्को स्वर, कसले के भने ?

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा बुधबार

राष्ट्रियसभा बैठक सर्‍यो

काठमाडौं– राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ