दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दिनभर आज आदिकवि भानुभक्तको आज २१०‍औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो, अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता, लम्पी स्किनबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ, एमाले नेता सवार गाडी दुर्घटना हुँदा पाँच जना घाइते, नगरपालिकाका कर्मचारी खैरो हेरोइनसहित पक्राउ, एसीसी इमर्जिङ टिम्स कपमा पाकिस्तान ‘ए’ सँग नेपाल ४ विकेटले पराजित, सुनचाँदीको भाउ बढ्योलगायतका समाचारले प्रमुख स्थान पाए ।

आदिकवि भानुभक्तको आज २१०‍औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती । आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो । धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए ।

भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए। रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन् । 

भानु जन्मस्थललाई सप्तधाममा विकास गरिने

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन ।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यही वर्ष घर पुनःनिर्माणको काम सुरु गर्ने तयारी गरिएको छ । भानु नगरपािलका–४ चुँदीरम्घा शिखर कटेरीस्थित खण्डहर बनेको पुरानो घर भएको ठाउँमा नयाँ घर पुनःनिर्माणको तयारी गरिएको हो ।

भानुभक्त आचार्यको सम्मानमा स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आगामी आर्थिक वर्ष २०८०-८१ भित्रै घर पुनःनिर्माणको काम सुरु हुने समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका सहायक मन्त्री लुले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री साउदसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा दुईपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

लम्पी स्किनबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

सभामुख देवराज घिमिरेले पशुचौपायमा महामारीको रुपमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसहितका विषयमा सदनलाई जानकारी गराउन सरकारको नाम रुलिङ जारी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले लगातार लम्पी स्किनबारे सरकारको ध्यानाकर्षण गराउँदै सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसारको राज्य भन्दा पनि राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको २४ औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले जनता र राष्ट्रको हित गर्नका लागि संविधान आवश्यक रहेको भन्दै राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको बताएका हुन् ।

प्रधानमन्त्री दाहाललाई अमेरिकी विदेशमन्त्रीको समवेदना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा विदेशमन्त्री लुले जीवनसङ्गिनीको निधन भएकामा प्रधानमन्त्री दाहाललाई समवेदना दिए प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा उनले प्रधानमन्त्री पत्नी सीता दाहालको तस्वीरमा माल्यार्पणसमेत गरेका थिए ।

ललिता निवासको जग्गा किन्नेमात्रै होइन, बेच्ने मूलहरुमाथि नै कारबाही हुनुपर्छ : सांसद खतिवडा

सांसदहरुले ललिता निवास प्रकरणमा मुख्य दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उक्त प्रकरणमा व्यापारी र साना कर्मचारीलाई मात्रै पक्राउ गरिएकाले मुख्य योजनाकारलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले किन्नेलाई मात्रै नभई जग्गा बेच्ने मूलहरुमाथि नै कारबाही हुनुपर्ने उल्लेख गरे ।

एमाले नेता सवार गाडी दुर्घटना, पाँच जना घाइते

सप्तरीमा नेकपा एमालेका नेता सवार गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा पाँच नेता घाइते भएका हुन् ।

प्रहरीका अनुसार एमाले जिल्ला कमिटी सदस्य किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी कार दुर्घटनामा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि राजविराज लगिएको छ ।

सीता दाहालको निधनप्रति सात विद्यार्थी संगठनद्वारा दु:ख व्यक्त

सत्तारूढ सात दलका विद्यार्थी संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै संयुक्त शोक वक्तव्य जारी गरेका छन् ।

माओवादी केन्द्र सल्लाहकार परिषद्‍का सदस्य समेत रहेकी दाहालको निधनप्रति सत्तारूढ सात दलका विद्यार्थी संगठनहरूले संयुक्त शोक वक्तव्य निकालेका हुन् ।

करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिने

अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आर्थिक विधेयक, २०८० मार्फत गरेका करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने बताएका हुन् ।

‘करका विषयमा कहाँ के गर्दा ठीक हुन्छ भन्ने विषयमा हामी खुला छौँ । हामीले गरेका प्रस्ताव दायाँबायाँ हुँदैन भन्ने छैन । मोटामोटी आँकलन गरेर समग्रमा यसो गर्दा ठीक हुन्छ भन्ने भएर प्रस्ताव गरिएको हो’, अर्थमन्त्री महतले भने, ‘हामीले प्रस्ताव गरेका करका दरले कहाँ सकारात्मक र नकारात्मक असर परेको छ समीक्षा गरी सोही अनुसार दर निर्धारण हुन्छन् ।’

ललिता निवास प्रकरणका निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्दैन ? : सांसद सिंह

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई पनि कारबाही प्रक्रियामा ल्याउनुपर्ने माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले टिप्पणी गर्ने शाखा अधिकृतलाई कारबाही गर्ने सरकारले निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई कारबाही प्रक्रियामा ल्याउनु पर्दैन ? भन्दै प्रश्न गरे ।

सरकारले मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउन नचाहेको सांसद पन्तको आरोप

नेकपा एमालेका सांसद रघुजी पन्तले मिटरब्याजसम्बन्धी विधेयक सरकारले अघि बढाउन नचाहेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा पन्तले एमालेका कारण विधेयक पास भएन भनेर भ्रम फेलाउँदै हिड्ने सरकारले सदन चल्दा पनि मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउन नचाहेको आरोप लगाएका हुन् । उनले उक्त विधेयक रोकिनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने माग गरे ।

मिटरब्याज पीडितलाई न्याय दिन विधेयक किन नल्याएको ? : सांसद लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफूहरु मिटरब्याज पीडितको पक्षमा रहेको बताएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति तथा संसदीय दलको नेता रवि लामिछानेले आफूहरु मिटरब्याज पीडितलाई तत्काल न्याय दिनुपर्ने पक्षमा रहेको बताए ।

नगरपालिकाका कर्मचारी खैरो हेरोइनसहित पक्राउ

कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारीसहित दुई जना लागूऔषधसहित पक्राउ परेका छन् । पुनर्वास नगरपालिका १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसँगै असिम थापालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास नगरपालिका ६ स्थित एक निर्माणाधीन घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए । कर्मचारी बडू र अर्का युवकको साथबाट पाँच सय ४१ मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार पनि प्रदर्शन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा शुक्रबार पनि प्रदर्शन भएको छ ।

घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै बिहीबार देखि सुरु भएको नाराबाजी सहितको प्रदर्शन शुक्रबार पनि जारी रह्यो ।

चमेलिया-स्याउले-अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

दार्चुला र बझाङ जिल्लाका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका गर्न निर्माण गरिएको चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिस्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने  १३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो । प्रसारण लाइनको लम्बाइ एक सय ३१ किलोमिटर छ ।

नेपाल विद्युत प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट २०७३ बाट सञ्चालनमा थियो । कोरियाली एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा डबल सर्किटलाई हुने गरी प्रसारण लाइनका टावर संरचनाहरू बनाएको थियो । तर, आयोजनाले एउटा मात्र सर्किट निर्माण गरी सञ्चालनमा ल्याएको थियो । नेपाल सरकारको करिब ६० करोड रुपैयाँ लगानीमा दोस्रो सर्किट निर्माण गरी लाइन सञ्चालनमा ल्याइएको हो । 

शुक्रबार सुनचाँदीको भाउ सामान्य बढ्यो

नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको भाउ सामान्य बढेको छ।  सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

एसीसी इमर्जिङ टिम्स कप : पाकिस्तान ‘ए’ सँग नेपाल ४ विकेटले पराजित

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएको छ ।

शुक्रबार कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग ४ विकेटले हार व्यहोरेको हो ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ९ : ०८ बजे

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं– एनएमबी  बैंकले संस्थापक शेयर धनीको नाममा रहेको ५१ हजार

किशोरीसँगै किशोरलाई आवश्यक छ ‘एचपीभी’ खोप

काठमाडौं – नेपालमा पाठेघरको मुखको क्यान्सर बढ्दो क्रममा छ। महिलामा

सामाजिक सञ्जाल विधेयक : पत्रकार महासंघ विपक्षमा उभिँदा सरकारलाई सकस

काठमाडौं– गत महिना सम्पन्न नेपाल पत्रकार महासंघको चुनावमा अध्यक्ष र

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला

नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा २८ गते 

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक