दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश, जनताले अनुभव गर्नेगरी काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन, पहिलो महिला परराष्ट्र सचिव बनिन् सेवा लम्साल, व्यावसायिक भवनका धनीले पार्किङ दस्तुर उठाउन नपाउने महानगरको निर्णय बदर, सिद्धबाबाविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता, नागरिक उन्मुक्तिले खोज्यो राष्ट्रियसभा निर्वाचनमा एक सीट, चार महिनामा चार खर्ब ७७ अर्ब विप्रेषण भित्रियोलगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

पहिलो महिला परराष्ट्र सचिव बनिन् सेवा लम्साल
परराष्ट्रमन्त्रालको सचिवमा सहसचिव सेवा लम्साल बढुवा भएकी छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई सहसचिवबाट विशिष्ठ श्रेणीको रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

जनताले अनुभव गर्नेगरी काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले महसुस गर्नेगरी स्पष्ट नीति तथा कार्यक्रमसहित परिणाममुखी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रिपरिषद्का सदस्य एवं विशिष्ट श्रेणीका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

एमाले सांसद कोइरीले पाए सफाइ, लोसपा नेता अभिरामलाई जन्मकैदको फैसला
सशस्त्र प्रहरीका असई थमन बिक हत्या प्रकरणमा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई जन्मकैदको फैसला भएको छ ।

सोही मुद्दामा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् । आज महोत्तरी जिल्ला अदालतले कोइरीलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको हो ।

व्यावसायिक भवनका धनीले पार्किङ दस्तुर उठाउन नपाउने महानगरको निर्णय बदर
सर्वोच्च अदालतले व्यावसायिक भवनका धनीले पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौँ महानगरपालिकाले गरेको निर्णयलाई बदर गरेको छ ।

सम्पत्ति उपभोग गर्ने वा व्यवसाय गर्ने हकमा अङ्कुश लगाउने अधिकार नेपालको संविधानको धारा २२८ से स्थानीय तहलाई प्रदान नगरेको बताउँदै सर्वोच्चले संवैधानिक इजलासले उक्त निर्णयलाई अमान्य र बदर घोषित गरेको हो ।

चौध किलो सुन प्रकरणमा पाँच जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड ५७३’ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो ।

सर्वोच्चद्वारा डा पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउनुको कारण माग
सर्वोच्च अदालतले वीर अस्पतालको निर्देशकबाट डा सन्तोष पौडेललाई हटाउनुको कारण माग गरेको छ ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले यस्तो माग गरेको हो । साथै सर्वोच्चले अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ । वीर अस्पतालका निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलले पुनर्बहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सिद्धबाबाविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता

विराटनगर– सुनसरीको बराहक्षेत्र निवासी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार सम्बन्धी मुद्दा घुमिफिरी फेरि विराटनगर उच्च अदालतमा आइपुगेको छ ।

सुनसरी जिल्ला अदालतले गत भदौमा गिरीलाई सफाइ दिने निर्णय गरेको थियो । त्यसको प्रतिवाद गर्दै सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा गिरीविरुद्ध पुनरावेदन गरेको छ ।

नागरिक उन्मुक्तिले खोज्यो राष्ट्रियसभा निर्वाचनमा एक सीट
नागरिक उन्मुक्ति पार्टीले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट आफ्नो भाग खोजेको छ । उसले निर्वाचनमा एक सीटका लागि दाबी गरेको बताइएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष तथा भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीले आज प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको सीट बाँडफाँटबारे चासो राखेका थिए ।

चार महिनामा चार खर्ब ७७ अर्ब विप्रेषण भित्रियो
चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले बढेको थियो ।

महेन्द्रनगरमा निषेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा महेन्द्रको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले सो क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा जारी गरेको हो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ९ : ०० बजे

मुस्ताङ यात्राको थकान मेटाउने ‘भुरुङ्ग तातोपानी’ 

म्याग्दी– उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार

दशैँमा कसरी हुँदैछ बिजुली व्यवस्थापन ?

काठमाडौं – सरकारले दशैँको अवधिभर गुणस्तरीय र भरपर्दो विद्युत सेवा

स्वादे जिब्रोको परिणाम : दुई महिनामै १९ करोडको मसला खपत

काठमाडौं – खाना खाँदा तरकारी मसालेदार भएन भने नेपालीलाई स्वाद

ओलम्पिकमा पदक खोसिएकी पोगात जम्मु काश्मिरकी सांसद

काश्मीर – जुलाई महिनामा पेरिसमा भएको ओलम्पिक खेलकुदमा वजन विवादका

आज विश्व हुलाक दिवस मनाइँदै

काठमाडौं– आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना