उपराष्ट्रपति निर्वाचन : मौन अवधि सुरु | Khabarhub Khabarhub

उपराष्ट्रपति निर्वाचन : मौन अवधि सुरु


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति मंगलबार रातिदेखि मौन अवधि सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार मौन अवधिमा उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न पाउने छैनन् ।

यसैगरी यस अवधिमा आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित र हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न पनि नपाइने आयोगले जनाएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट प्रमिला कुमारी यादव र रामसहाय प्रसाद यादव तथा जनमत पार्टीबाट ममता झासहित चार जना उम्मेदवार रहेका छन् ।

प्रमिलाले भने आफूले उम्मेदवारी फिर्ता गर्दै आफ्नै पार्टीका जसपाका आधिकारिक उम्मेदवार रामसहायलाई सघाउने घोषणा गरिसकेको भए पनि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकाले आयोगको रेकर्डमा भने उम्मेदवारी कायमै रहेको छ ।

उपराष्ट्रपतिको निर्वाचन शुक्रवार हुँदैछ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ७ : २३ बजे

विश्वकप लिग-२ : युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको अन्तिम

शिक्षण पेसामा रहेका विष्णुराज केराखेतीमा रमाउँदै

कञ्चनपुर– कञ्चनपुरको पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कैलालीमा १५६ उद्योग थपिए

कैलाली– घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा १५६ नयाँ उद्योग

जसपा नेपाल केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज

‘संविधानलाई ‘लिक’मा फर्काउन आन्दोलनको तयारीमा छौं’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी